एनआरएनए आईसिसिको दशौँ अधिवेशनका लागि प्रतिनिधि आवेदन खुल्ला,आवेदन मिति जुलाई ९ देखि १३ सम्म

 




 

टोकियो/जापान । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको १० औं महाधिवेशनमा राष्ट्रिय समन्वय परिषद( रासप) जापानको तर्फ़बाट ६५% प्रतिनिधिका लागि आवेदन खुल्ला गरिएकोछ ।

 

एनआरएनए जापानद्वारा जारी सुचना अनुसार,

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद(एनआरएनए आईसीसी)को आसन्न १० औं महाधिवेशनमा एनआरएनए जापानको तर्फबाट सहभागी हुन इच्छुक (अन्तराष्ट्रिय समन्वय परिषद र राष्ट्रिय समन्वय परिषदमा हाल र बिगतमा काम गरीसकेका व्यक्तिहरु मध्य बाट ६५ % प्रतिनिधि छनौटको निम्ति) आवेदन खुल्ला गरीएको हो ।

 

एनआरएनए जापानका महसाचिव जनक बिक्रम शाहीका अनुसार आवेदन दिदा अन्तराष्ट्रिय समन्वय परिषदको विधान दफा १३ को उपदफा १३.७ बमोजिमको माप दण्ड पुरा गरेको हुनु पर्नेछ।’

 

मापदण्ड निम्न प्रकार रहेकोछ

 

१) अन्तराष्ट्रिय समन्वय परिषदका वर्तमान तथा पुर्व संरक्षक , पूर्व पदाधिकारी तथा वर्तमान सल्लाहकारहरु।

२) राष्ट्रिय समन्वय परिषदका वर्तमान तथा पूर्व अध्यक्षहरु एवं अन्तराष्ट्रिय समन्वय परिषदका पूर्व सदस्यहरु।

३) अन्तराष्ट्रिय समन्वय परिषदको बिध्यमान अनुशासन समिति, विधान व्याख्या समिति र विधान संशोधन सुझाव समिति संयोजक।

४) राष्ट्रिय समन्वय परिषदका पदाधिकारी एवं पछिल्लो निर्वाचनमा अध्यक्ष पदका उपविजेता।

५) विधानत गठीत अन्तराष्ट्रिय समन्वय परिषदका विद्यामान मानार्थ सदस्यहरु।

६) अन्तराष्ट्रिय समन्वय परिषद अन्तर्गत गठन भएका विद्यामान समिति तथा कार्यदलका संयोजकहरु र विधान समितिका उपसंयोजक तथा सदस्यहर।

७) राष्ट्रिय समन्वय परिषदका सदस्यहरु।

८) राष्ट्रिय समन्वय परिषदका पूर्व पदाधीकारी तथा सदस्यहरु।

 

आवेदन तोकिएको समयसीमा भित्र अनलाईनबाट नै भरि पठाउनुपर्नेछ । आवेदन मिति : यहि जुलाई ९ देखी जुलाई १३ सम्म। प्रतिनिधी शुल्क : ५०$ ( पचास युएस डलर)शुल्क जम्मा गर्ने खाता नं : AC: 10010-52370361

आवेदनका लागि यो फारम भर्नुहोस

 

जापानबाट सहभागीहुन ईच्छुक ले यो फारम भर्नुहोस्

 

सुचानामा बताईए अनुसार, विधान बमोजिम रासप जापानको तर्फ़बाट १६९ जना प्रतिनिधी सहभागीहुन पाउनेछन् । जस मध्ये बाँकी २५% प्रतिनिधी राष्ट्रिय महाधिवेशन वाट निर्वाचित हुनेछन भने १०% प्रतिनिधिहरु महिला, यूवा सहित गैरवासीय अभियानमा उल्लेख्य योगदान गरेका व्यक्तिहरु मध्यबाट नवनिर्वाचित कार्यसमितिले सिफारिस गर्नेछ।

 

 


Comments