मध्य जापानको सिजुको
जिल्लामा शुक्रबार रातिदेखि आएको भारी वर्षा र त्यसपछि आएको बाढीमा परी कम्तीमा
पनि २० जना मानिस हराएका छन् । सिजुको जिल्लाको अतामी भन्ने गाउँमा अविरल वर्षापछि
आएको बाढीले त्यहाँका कम्तीमा पनि १० ओटा घर बगाएको छ र ती घरमा रहेका २० जना नागरिक
हराएका छन् ।
शनिबार बिहानदेखि हराएका
उनीहरुको खोजी कार्य जारी रहेको भए पनि उनीहरु भेटिएका छैनन् । उक्त गाउँका १० घर
अविरल वर्षापछि आएको बाढीले बगाएर लगेको छ । सोही बाढीमा परेर ती २० जना व्यक्ति
हराएका उक्त जिल्लाका एक अधिकारीले जानकारी दिएका छन् । सो जिल्लाका एकजना प्रहरी
अधिकारीले हराएका ती व्यक्तिको खोजी जारी रहेको तर उनीहरु नभेटिएको भन्दै उनीहरु
अब भेटिने सम्भावना निकै नै कम रहेको बताएका छन् । सो क्षेत्रमा केही दिन यतादेखि
भारी मात्रामा वर्षा भइरहेको छ । उक्त वर्षाका कारण यहाँका अरु गाउँहरुमा पनि असर
गरिरहेको बताइएको छ ।
यो पनि– कोरोनाविरूद्दको
दुवै डोज खोप लगाउँदा कोरोनाबाट ९८ प्रतिशत बचाउन सक्ने: अध्ययन –
कोभिडको दुवै डोज खोप
लगाउँदा यो सङ्क्रमण भएका मानिसहरुलाई मृत्युबाट ९८ प्रतिशत सम्म बचाउन सक्ने एक
अध्ययनले देखाएको छ । भारत सरकारका अधिकारीले गरेको सो अध्ययनले उक्त तथ्य देखाएको
बताइएको छ । भारत सरकारले गरेको एक अध्ययनले कोरोना भाइरस विरुद्धको एउटा मात्र
खोपले पनि कम्तीमा ९२ प्रतिशत जति सुरक्षा प्रदान गर्ने देखिएको छ । सो अध्ययनले एक डोज मात्र खोप लगाएका
व्यक्तिलाई पनि कोरोना भाइरस सङ्क्रमण भएको छ भने उनीहरुलाई ९२ प्रतिशत सम्म
मृत्युबाट बचाउने देखिएको हो ।
भारतीय सरकारको निकट
रहेको एक थिंक ट्यांक संस्था एन आइ टि आईले गरेको सो अध्ययनबाट उक्त तथ्य बताइएको
छ । सो इन्स्टिच्युटका निर्देशक भि के पाउलले आज नयाँ दिल्लीमा अयोजना भएको
पत्रकार सम्मेलनमा जानकरी दिनुभएको हो । उहाँले उक्त भन्नुभएको छ कि कोरोना
विरुद्धको खोपले कोरोना लाग्न नदिन भन्दा पनि कोरोना लागिसकेपछि मृत्युबाट बचाउन
निकै प्रभावकारी रुपमा काम गर्ने देखिएको छ । उहाँले सो अध्ययन पञ्जावका प्रहरीमा
गरिएको जानकारी दिनुभएको थियो । पञ्जावमा कोभिडको खोप लगाएका र नलगाएका
प्रहरीहरुमा सो अनुसन्धान गरिएको थियो ।
त्यस्तै त्यहाँका प्रहरी
जसले एक डोज मात्र खोप लगाएका र दुवै डोज खोप लगाएकाहरुमा पनि अनुसन्धान गरिएको
थियो । तीमध्ये खोप नलगाएको तुलनामा लगाएका प्रहरीको मृत्यु दर निकै कम थियो ।
त्यसैगरी दुवै डोज खोप लगाएकामा मृत्युबाट जोगाउनसक्ने ९८ प्रतिशत सुरक्षा रहेको
पाइएको थियो ।
यो पनि – पछिल्लो २४
घन्टामा थप २,३२८ जनामा कोरोना संक्रमण
पुष्टि, ३,०६६ जना संक्रमणमुक्त –
काठमाडौं, १९ असार । नेपालमा पछिल्लो २४ घण्टामा देशभर २,३२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५,८३७ पीसीआर
र ४,२९६ एन्टीजेन परीक्षणमा २,३२८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या
मन्त्रालयले जनाएको छ । यो संगै हालसम्म नेपालमा पिसीआरबाट कोरोना संक्रमण पुष्टि
भएकाको संख्या ६ लाख ४३ हजार ५८० पुगेको छ
। भने एन्टीजेन पोजिटिभ भएकाहरुको संख्या ३७,५५६ पुगेको छ ।
त्यसैगरी, पछिल्लो २४ घण्टामा ३ हजार ६६ जना कोरोना
संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ६ लाख ६ हजार ६६६ पुगेको छ । त्यसै गरी पछिल्लो २४ घण्टामा
कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु
हुनेको संख्या ९,१९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले
जनाएको छ ।

Comments
Post a Comment