टोकियो, जापान ।
जापान सरकारले बुधबार
आर्थिक वर्ष २०२२ का लागि बजेट अनुरोध सम्बन्धी निर्देशिका जारी गरेको छ । यसमा
कम्तिमा पनि ४४ खर्ब येन बराबरको विशेष खर्च योजना स्थापनाको योजना पनि छ । यो
कार्बन उत्सर्जन कटौतीलगायत क्षेत्रका लागि हुने बताइएको छ ।
सरकारी एजेन्सीहरुले
अगष्टको अन्त्यसम्ममा आगामी अप्रिलदेखि शुरु हुने आवका लागि बजेट अनुरोध
बुझाइसक्नु पर्नेछ । अनुरोध गरिने कूल रकम लगातार आठौं वर्ष पनि हजार खर्ब येन
नाघ्ने अपेक्षा गरिएको छ । सामाजिक सुरक्षामा खर्च स्वतः ६ खर्ब ६० अर्ब येन बढ्ने
अनुमान गरिएको छ । वृद्ध नागरिकहरुको मेडिकल र नर्सिङ खर्च बढेर उच्च स्तमा पुग्ने
अपेक्षा छ ।
सामाजिक सुरक्षा खर्चको
लागि सरकारले आव २०२१ अन्तर्गत विनियोजन गरिएको ३३७ खर्ब येनभन्दा धेरैको रकमको
लागि अनुमति दिने भएको छ । कोरोना भाइरसको राहत उपायहरुमा खर्चका कारण वित्तीय
अवस्था खस्किँदै गइरहेको समयमा सरकारलाई प्राकृतिक वृद्धिमा कटौती गर्न चुनौती
भइरहेको छ ।

Comments
Post a Comment