अगस्ट महिनादेखि नेपाल वायुसेवा निगमले फेरि जापान-नेपाल नियमित उडान गर्ने तयारी

 




टोकियो/जापान । अगस्ट महिनाबाट नेपाल बायुसेवा निगमले जापानको लागि फेरि नियमित उडान गर्ने भएको छ । निगमले दिएको जानकारी अनुसार, आगामी अगस्ट १९ र २६ तारिख काठमाडौ -जापान( नारिता) उडानको तयारी गरिएको छ ।

यद्यपी यो समाचार तयार पार्दासम्म, जापान उडान निश्चित भईसकेको भने छैन । ति तारिखहरुमा उडानको लागि हाल प्रस्ताव मात्रै गरिएको छ । त्यसैले यदि यो प्रस्ताव कार्यन्वयन भएको खण्डमा अगस्ट १९ मा नेपालबाट जापान आउने र २० तारिख फेरि नेपाल फर्किने तथा २६ तारिख नेपालबाट जापान आई २७ तारिख नेपाल जाने योजना रहेको छ ।

जापानले अहिले जापानी नागरिक, जापानका स्थायी वसोवास अनुमती पाएका, जापानी नागरिकसंग विवाह गरेका जस्ता व्यक्तिहरुलाई भन्दा बाहेक अरुको लागि भने प्रतिबन्ध गरेको छ । त्यसैले जुलाई महिनामी पनि यात्रुहरु खासै नभएकोले घाटा हुने भन्दै निगमले उडान स्थगन गरेको थियो ।

यदि प्रस्तावित समयमा, उडान हुन सकेमा, नेपालबाट जापान आईपुगिसकेपछी जापान सरकारले तोकिएको क्वारेन्टिन 10 दिन र ४ दिन सेल्फ क्वारेन्टिन गरी १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने छ ।त्यस्तै जापानबाट नेपाल (काठमाण्डौ )जाने सम्पुर्ण नेपाली नेपाली यात्रुहरुले नेपाल सरकारले तोकिएको क्वारेन्टिन ७ दिन मात्र बस्नु पर्नेछ । त्यसपछि आफ्नो गन्त्वयमा जान सकिने छ ।यसका अलावा भ्याक्सिनको को पुरा डोज लगाएको प्रमाण देखाई सिधै गन्तव्यमा जान पनि सकिने छ ।यस बाहेक किरीया पुत्रीहरूको हकमा मृत्यु दर्ताको प्रमाण पत्र भएमा सिधै गन्तव्यमा जान सकिने छ ।

अन्तमा, यो समाचारले जापान आउने प्रतिक्षमा पर्खिरहेका जापानमा आवास अनुमति ( एईज्यु, तेईज्यु र उनिहरुका परिवार बाहेक)पाएर पनि नेपालमै अड्किएकाहरु एवं डेढवर्षदेखि बाटो हेरिरहेका नयाँ भिसा बाहक विद्यार्थी, डिपेन्डेन्ट,पर्यटकहरुलाई कुनै उत्साह थप्नेछैन ।किनकि ति सबै भिसा बहाकहरुलाई कुनै उत्साह थप्ने छैन । कारण जापान सरकारले अधै नेपाललाई प्रतिबन्धित सुचीबाट हटाएको छैन ।

Comments