टोकियोमा मदिरा नबेच्ने रेष्टुरेण्टले अग्रिम आर्थिक अनुदान पाउने,

 



टोकियो, जापान ।

आपतकाल घोषणा गरिएको अवस्थामा टोकियो महानगरले मादक पदार्थ विक्रि नगर्ने प्रतिद्धता जनाउने रेष्टुरेण्टहरुलाई अग्रिम रुपमा आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।

रक्सी पिउन रोक्न गरिएको अनुरोधहरूको पालना गर्ने खाने र पिउने प्रतिष्ठानहरूलाई सरकारले पेश गरेको नयाँ प्रणाली अन्तर्गत आर्थिक सहयोगको प्रस्ताव अघि बढाइने भएको हो ।

यस्तो अनुदान रकम टोकियो र ओकिनावा प्रान्तमा खानेपिउने रेष्टुरेण्टहरुलाई आपतकाल सहित अर्धआपतकालिन उपाय लागूहुँदा पनि अग्रिम रुपमा उपलब्ध गराउने तयारी गरिएको छ ।

सोमबार देखि अगस्ट २२ सम्म, चौथो आपतकालिन अवस्था टोकियोमा लागू हुँदैछ । जहाँ प्राथमिकता उपायहरू आइतवारसम्म रहनेछ । यसैबीच, ओकिनावा प्रान्तमा, वर्तमान आपतकालको स्थिति विस्तार हुँदैछ र आपातकालीन स्तर प्राथमिकताका उपायहरू साइतामा, चिबा, खानागावा, र ओसाका प्रान्तहरूमा जारी रहनेभएको छ ।

टोकियो र ओकिनावा प्रान्तमा खाने र पिउने स्थानहरुमा रक्सी पिउन रोक्न आग्रह गरिएको छ ।

आपतकाल लागेका क्षेत्रमा रक्सि बेचबिखनमा रोक तथा अर्धआपतकालिन उपाय लागू भएका प्रान्तमा साँझ ७ बजेसम्ममात्र मादक पदार्थ विक्रि वितरण गर्न छुट छ । दुवै क्षेत्रमा रेष्टुरेण्टहरु रात ८ बजे बन्द गर्नुपर्ने नियम रहेको छ । सरकारले आफ्नो कोरोना भाइरस आधारभूत नीतिलाई परिमार्जन गरेको छ र प्रिफेक्चुरल गभर्नरको स्वीकृति बिना मदिरा प्राथमिकताका उपायहरू लागु भएका क्षेत्रमा पनि मादक पदार्थ विक्रि नगर्न अनुरोध गरेको छ ।

बार र रेस्टुरेन्टहरूबाट सहयोग प्राप्त गर्न सरकारले नयाँ प्रणाली समावेश गरेको हो । ताकि सरकारी अनुरोधको पालना गर्ने व्यवसायहरूले अग्रिम आर्थिक सहयोग प्राप्त गर्न सकुन् ।

धेरै रेष्टुरेण्टहरुले आर्थिक अनुदान पाउन गरिएको निवेदनले धेरै समय लिएको गुनासो गर्दै आएको बताईन्छ ।

सरकारले मदिरा थोक बिक्रेताहरूलाई बार र रेष्टुरेन्टबाट मदिरा अर्डर लिन बन्द गर्न पनि अनुरोध गरेको छ । जुन स्थानहरुमा रक्सीको सेवा बन्द गर्न अनुरोध गरिएको छ ।

यसका साथै सरकारी अनुदान लिएर नियम पालना नगर्ने रेष्टुरेण्टहरुमा छिटो छरितो कारवाही र अनुरोध पालना नगरेको गुनासोहरुको तत्काल सम्वोधन गर्ने अधिकारीहरुले बताएका छन् ।



Comments