जापान प्रवेशमा नयाँ नियम : अत्यधिक 'ट्रान्समिसेबल भेरियन्ट' डरले 'क्वारिन्टिन' नियम संशोधित

 





टोकियो, जापान ।

'ट्रान्समिसेबल भेरियन्ट' तथा हालैका दिनमा 'डबल म्युटेन्ट' कोरोना भाइरस संक्रमितको बृद्धिपछि जापानले प्रवेशमा कडाई सहित नियमहरु परिमार्जित गरको छ । परिमार्जित नियमले केही देशमाथि थप कडाई गर्दा नेपालबाट प्रवेश प्रतिबन्ध यथावत रहेको छ ।

जापानले आगमन यात्रीहरूको लागि 'क्वारिन्टिन प्रोटोकल' परिमार्जन गरी इन्डोनेसिया, किर्गिस्तान र जाम्बियालाई थप कडा कदमले समेटिएका देशहरूको सूचीमा समावेश गरेको छ ।

शुक्रवार देखि ती देशहरूबाट आउने व्यक्तिहरूले सरकारले तोकेका सुविधा केन्द्रहरूमा १० दिनको क्वारिन्टिन नियम पालना र कोभिड-१९ को धेरैपटक परीक्षणहरू गराउनुपर्नेछ । यस्तो परीक्षण जापान प्रवेश आगमनमा बिमानस्थल र क्वारिन्टिनमा रहँदा अधिकारिहरुले चाहेको पटक परीक्षण स्विकार्नुपर्ने हुन्छ । यसका साथै १० औं दिन सम्ममा कम्तिमा तीन पटक पीसीआर परीक्षण गर्दा नकारात्मक पाइएमा मात्र आफ्नो निवासस्थानमा जान पाईनेछ । निवास स्थानमा गएरपनि थप ४ दिन 'क्वारिन्टिन' बस्नुपर्नेछ । कुल १४ दिन क्वारिन्टिन नियम कडाईका साथ पालना गर्नुपर्नेछ ।

ओलम्पिकसँग सम्बद्ध खेलाडी र पदाधिकारीको अपवाद बाहेक, जापानी नागरिक र विदेशी बासिन्दा लगायत सबै व्यक्तिहरू र विशेष परिस्थितिमा जापान प्रवेश गर्ने अनुमति पाएका सबैले देश प्रवेश गरेपछि १४ दिनसम्म अलग्गै रहनु पर्छ ।

यसैबीच, संयुक्त अरब एमिरेट्स र संयुक्त राज्य अमेरिकालाईपनि नयाँ 'क्वारिन्टिन' नियममा समेटिएको छ । जस अनुसार नयाँ नियमले यात्रुलाई सरकारले छनौट गरेको सुविधा केन्द्रमा ६ दिन बिताउन बाध्य पार्छ र उनीहरूको बसाई अवधिमा तीन पटक कोरोनाभाइरसको परीक्षण अधिकारीहरुले गराउनेछन् ।

नयाँ नियमको सूचिभित्र जापानले १७ वटा नयाँ देशहरू पनि थपेको छ । मुख्यतया दक्षिण अमेरिकि देशहरु र अमेरिकी राज्यहरुलाई तीन दिनसम्म सरकारले छनौट गरेका सुविधा केन्द्रहरूमा 'क्वारिन्टिन' बस्नुपर्ने क्षेत्रहरूको सूचीमा समावेश गरेको छ । भर्खरै थपिएका देशहरूमा अर्जेन्टिना, बेलारूस, बोलिभिया, चिली, कोलम्बिया, क्युबा, इक्वेडर, इजिप्ट, फिजी, लिबिया, पराग्वे, सेशेल्स, सूरीनामे, ट्रिनिडाड र टोबागो, टर्की, उरुग्वे र भेनेजुएला छन् । यो नियम भर्खरै निज्नी नोभ्गोरोड ओब्लास्ट, दि रिपब्लिक अफ केरेलीया र साराटोभ ओब्लास्टमा पनि लागू गरिएको छ ।

 

परिवर्तित नयाँ नियम लागू भएपछि १५ अमेरिकी राज्यबाट जापान प्रवेश गर्नेहरुले तीन दिनसम्म सरकारी आवासगृहमा 'क्वारिन्टिन' बस्नुपर्नेछ । जबकि अन्य राज्यहरूबाट आएका व्यक्तिहरूलाई 'क्वारिन्टिन'को १४ दिन अवधिमा घर वा अरू कतै उनिहरुले चाहेको स्थानमा बस्न दिइनेछ ।

जापानले क्यानडाको ओन्टारियो प्रान्त, धेरै अमेरिकी राज्यहरू र एस्टोनिया, फ्रान्स, नाइजेरिया र लक्जमबर्गलाई बढी संक्रामक कोरोना भाइरस 'भेरियन्ट'बाट प्रभावित उच्च जोखिम क्षेत्रहरूको सूचीबाट हटाएको छ । यसको कारणमा महामारीको स्थिति अधिक नियन्त्रणमा रहेको क्षेत्रहरू भएको उल्लेख छ ।

सबैभन्दा कडा उपायहरू ईण्डिया, नेपाल र यसका छिमेकी देशहरू माल्दिभ्स लगायतका देशहरु रहेका छन् । जसले जापानमा आवासीय स्थिति सहित सबै विदेशी नागरिकहरूलाई प्रतिबन्ध लगाएको छ । यसको अर्थ जापानको नागरिकता प्राप्त गरेका लगायतका चार अवस्थामा बाहेक हाल नेपालबाट जापान प्रवेशमा रोक यथावत छ ।

यसको बारेमा विस्तृतमा पढ्न

यसमा सबैभन्दा कडा नियम लगाएको देशहरुको सूचिमा नेपाल रहेको छ ।             


Comments