टोकियोमा आपतकाल लाग्यो : रेष्टुरेण्टमा रक्सि बेच्न बन्द, नबेचे पैसा पाउने बेचे कारवाही (यस्तो छ नियम)
टोकियो, जापान ।
जापान सरकारले राजधानी
टोकियोमा चौथो पटक आपतकाल घोषणा गरेको छ ।
कोरोना भाइरसको बिरूद्ध
कार्यदलको बैठकमा बिहिबार टोकियोको लागि सरकारले चौथो आपतकाल घोषणा गर्ने निर्णय
गरेको हो ।
अघिल्लो दिन सरकारले
कोरोना भाइरस विज्ञहरूको उपसमिति समक्ष आपतकाल घोषणा गर्ने निर्णय प्रस्तुत गरेको
थियो । अर्धआपतकालिन उपाय रहेको राजधानीमा सरकारले प्रस्तुत गरेको आपतकालिन घोषणा
निर्णयलाई उपसमितिले अनुमोदन गरेपछि आपतकाल लागू हुने भएको हो ।
आपतकाल घोषणा ओकिनावा
प्रान्तको लागि थप विस्तार गरिने भएको छ । यसैगरि ओसाका प्रान्तका लागि लिइएको
प्राथमिकताका उपायहरू टोकियो महानगर
क्षेत्रका तीन प्रान्तहरूमा पनि विस्तार गर्ने घोषणा गरिएको छ ।
टोकियोको आपतकालिन अवस्था
र अर्धआपतकालिन उपायहरूको विस्तार सोमबारदेखि लागू भएर अगस्ट २२ सम्म लागु हुनेछ ।
यसको मतलब जुलाई २३ देखि अगष्ट ८ सम्म हुने टोकियो ओलम्पिक टोकियोको आपतकालिन
स्थितिमै आयोजना हुने भएको छ ।
आर्थिक पुनरुत्थान
प्रभावकारी मन्त्री यासुतोशी निशिमुराले सरकारको कोभिड-१९ उपायहरूले उपसमिति
बैठकमा कोभिड संक्रमण बृद्धिमा संकटको भाव व्यक्त गरेका थिए ।
नयाँ संक्रमण संख्या
उकालो लागेको टोकियो महानगर क्षेत्र र अन्य प्रमुख शहरी क्षेत्रहरूमा प्रस्ट भएको
छ उनले भनेका छन् ।
बिहिबार टोकियोमा दैनिक
नयाँ संक्रमणको संख्या ९ सय नजिक पुग्दा अघिल्लो दिन ९ सय पार गरेको छ । जुन
राजधानीलाई पुन आपतकालिन अवस्थामा फर्काउनको लागि पर्याप्त कारक बन्न पुगेको थियो
। टोकियोमा आगामी दिनहरुमा संक्रमितको संख्या एक हजार पार हुने स्पष्ट संकेत
महानगर अधिकारीहरुले दिइसकेका छन् ।
ओसाका प्रान्त र टोकियोका
तीन छिमेकी प्रान्तहरु चिबा, खानागावा र साईतामा प्रान्तमा प्राथमिकताका
उपायहरू जसलाई अर्धआपतकालिन उपायको रुपमा लिइएको छ विस्तार गरिएको छ । सरकारले
संक्रमण अवस्था सुधार भएको पाँच प्रान्तहरु आइची, फुकुओका, होक्काइदो, ह्योगो र क्योतोमा आइतबारबाट अर्धआपतकालिन उपाय
हट्ने घोषणा गरेको छ ।
सरकारले आपतकालको अवस्था
र प्राथमिकताका लागि नयाँ अवधि ६ हप्ताका लागि अगस्ट २२ मा तय गरेको छ । किनकि बोन
फेस्टिवल र गर्मी यामको छुट्टीको मौसममा संक्रमण महानगर केन्द्रबाट अन्य क्षेत्रमा
फैलिन सक्ने उच्च जोखिम रहेको छ ।
यद्यपि खोपहरू अगाडि
बढ्दै जाँदा, सरकारले आधारभूत कोरोना नियन्त्रणको लागि आफ्नो
संशोधित योजनामा परिमार्जन गर्नसक्नेछ । यदि स्वास्थ्य सेवा प्रणालीमा पर्ने
भारलाई सुधार भएमा तोकिएको समयअघि पनि आपतकाल र अर्धआपतकालिन उपायहरु हट्नसक्नेछ ।
आपतकाल र अर्धपातकालबारे
सरकारले घोषणा गरेका मुख्य बुँदाहरु
१. टोकियो र ओकिनावामा अगष्ट २२ सम्म आपतकाल
२. साइतामा, चिबा, खानागावा र ओसाकामा अर्धआपतकालिन नियम अगष्ट २२
सम्म
३. आपतकाल घोषणा
गरिएको टोकियो र ओकिनावा क्षेत्रमा रेष्टुरेण्टहरुमा मादक पदार्थ विक्रि वितरणमा
पूर्णत रोक, नियमन चेकजाँचमा कडाई
४. अर्धआपतकालिन
नियम लागू हुने चार प्रान्तमा साँझ ७ बजेसम्म मादक पदार्थ विक्रि गर्न छुट ।
५. आपतकाल र
अर्धआपतकालिन नियम लागू भएका सबै प्रान्तमा रात ८ बजे रेष्टुरेण्ट व्यवसाय
बन्दगरिसक्नुपर्ने ।
६. सरकारी अनुरोध
पालना गर्ने व्यवसायहरुलाई व्यवसाय बचाउन र कर्मचारीलाई रोजगारमा टिकाईराख्न
सरकारले घोषणा गर्ने नियमानुसार नगद अनुदान उपलब्ध गराउने ।
७. सरकारी अनुरोध
पालना नगर्ने मदिरा बेच्न चाहने रेष्टुरेण्टहरुलाई व्यवसाय बन्द गर्न भनिने ।
८. ठूला कार्यक्रम
स्थलहरुमा दर्शक क्षमताको अधिकतम ५० प्रतिशत वा संख्यात्मक हिसाबले ५,००० भन्दा बढी दर्शक राख्न नपाईने र कार्यक्रमस्थल रात ९ बजे बन्द
गरिसक्नुपर्ने ।
९. टोकियो क्षेत्रमा
डिपार्टमेन्ट स्टोर लगायतमा रात ८ बजेसम्म व्यवसाय खुल्ला गर्न अनुमती
1 चलचित्रघर, नाटकघर, कार्यक्रम आयोजना स्थल लगायत स्थान रात ९
बजेसम्म खुल्ला गर्न पाउने
टोकियो क्षेत्रमा
विशेष अनुरोध
१.
दिनको समयमा
अनावश्यक बाहिरि यात्रामा ननिस्कन नागरिकहरुमा अनुरोध
२.
एक प्रान्तबाट
अर्को प्रान्तमा अति महत्वपूर्ण अवस्थामा बाहेक यात्रा नगर्न अनुरोध

Comments
Post a Comment