टोकियो, जापान ।
जापान सरकारले कोरोना
भाइरसको संक्रमण विरुद्ध खोप लगाएका सबैलाई जापानमा प्रवशे खुलाउने तयारी गरिरहेको
छ । स्थानीय समाचार संस्था निक्केईले यसबारे समाचार छापेको हो । समाचाअनुसार
प्रवेश प्रतिबन्ध लगाइएका देशहरुबाट पनि कोरोना विरुद्ध खोप लगाएका सबैलाई प्रवेशको
अनुमति दिइनेछ ।
जापान र अमेरिका दुबै देश
खोप लगाएकाहरुलाई प्रवेश खुलाउन तयार छन् । तर प्रवेशको अनुमति पाएपनि यात्रीहरुले
१४ दिनको अनिवार्य क्वारन्टिनको नियम भने पालना गर्नु पर्ने समाचारमा भनिएको छ ।
जापान प्रवेशपछिको आवश्यक व्यवस्थापनको काम स्वास्थ्य तथा श्रम मन्त्रालय, कानून मन्त्रालय मातहतको अध्यागमन विभाग र
विदेश मन्त्रालयले गर्नेछन् ।
बेलायतले पनि जापानसहित
२० देशका नागरिलाई कोरोना भाइरसको परीक्षण नकारात्मक आएको प्रमाणपत्र देखाएर
प्रवेश गर्न दिने समाचारमा भनिएको छ । अमेरिकामा हालैका दिनमा कोभिड विरोधी पूरा
खोप लगाएकाहरुलाई पनि संक्रमण देखिएकोतर्फ औंल्याउँदै पूरा खोप लगाएपनि संक्रमण
नियन्त्रणका उपायहरु अपनाउनु पर्नेमा जापानले जोड दिएको छ ।
पछिल्ला केही दिन यता
जापानमा कोरोना भाइरसको संक्रमण बढेको छ । राजधानी टोकियो समेत केही प्रिफेक्चरमा
ओलम्पिक्स चलिरहँदा संक्रमण दिनँहु कीर्तिमानी स्तरमा उक्लिरहेको छ ।

Comments
Post a Comment