टोकियो ओलम्पिक्स आयोजनाबाट आर्थिक लाभ ‘शून्य’






टोकियो, जापान ।

कोरोना भाइरसको संक्रमण बढ्न नदिन टोकियो ओलम्पिक्समा दर्शकलाई प्रतिबन्ध लगाइयो । दर्शकबिहिन प्रतियोगिता आयोजनाको आर्थिक लाभ लगभग शून्य भएको मिचुबिशी यूएफजे रिसर्च एन्ड कन्सल्टिङ कम्पनीका वरिष्ठ अनुसन्धाता शिनिचिरो कोबायाशी बताउँछन् ।

पीआर प्रभाव हासिल नहुने अनुमानमा प्रायोजन सम्झौता गरेका कयौं कम्पनीहरुले प्रवद्र्धनात्मक गतिविधिहरु कटौती गरे र जन भावनाका कारण केही कम्पनीहरुले हात झिके । दर्शकलाई नराख्ने निर्णयबाट सम्बन्धित पक्षहरुले भने राहतको सास फेरे ।

प्रतियोगिताको मुख्य शीर्ष स्तरको प्रायोजक टोयोटा मोटर कर्पोरेशनले ओलम्पिक्स सम्बद्ध आफ्ना टिभी विज्ञापन हटायो । अन्य कम्पनीहरुले पनि प्रतियोगिता हुन्छ कि हुँदैन भन्ने द्विविधाबीच आफ्ना प्रवद्र्धनात्मक गतिविधि कम गरे ।

प्रतियोगिता शुरु हुन अघि यसबारे अनेक नकारात्मक धारणा थिए, यस्तोमा हामीहरुले सोचेका थियौं कि प्रायोजकको रुपमा पैसा तिर्नुको के अर्थ होला र । तर अहिले सारा जापान उत्साहित छ र छाप राम्रो परेको छ,’ प्रतियोगिता प्रायोजक एक बैंकिङ कमपनीका वरिष्ठ अधिकारीले माइनिचीसँगको कुराकानीमा भने ।

अन्य कयौं प्रायोजकहरुले पनि प्रतियोगितासम्बन्धी मनोभावमा परिवर्तनको महसुस गरे । उद्घाटन समारोह अघि प्रतियोगिता स्थलमा रक्सी बेच्ने सम्भावनाप्रति आसाही ब्रुअरीको कटु आलोचना भएको थियो । कम्पनीले सो योजना त्यागिदियो । यसो गर्दा प्रायोजकको रुपमा कम्पनीका छविमा दाग लाग्ने सम्भावना भएपनि ओलम्पिक्स डिजाइनका वियर क्यानको विक्री प्रतियोगिता शुरु हुन अघिको तुदनामा शुरु भएको बेलामा ३० प्रतिशतले बढ्यो ।

धारणा फरक फरक रहेको तर खेलाडी र अरुलाई टेवा दिन पाउँदा आफूहरु खुसी भएको कम्पनीका एक अधिकारीले भने । ओलम्पिक्स सफलतापूवर्क सम्पन्न भएकोमा उनले खुसी पनि व्यक्ति गरे ।

अन्य कम्पनीहरुले पनि प्रतियोगिताको सकारात्मक प्रभाव पाए । फूड कम्पनी अजिनोमोटोको विक्री ३० प्रतिशतले बढ्यो । एथलिट् भिलेजमा राखिएको कार्डबोर्ड बेडले सामाजिक सञ्जालमार्फत विदेशीहरुको ध्यान खिच्यो । आफ्नो लोकप्रियता विदेशमा पनि बढ्ने ती बेड निर्माता कम्पनी एयरवेभ इंकको अपेक्षा छ ।

यद्यपि, ठिक प्रतियोगिता शुरु हुनु अघि दर्शकमाथि प्रतिबन्ध लगाउने निर्णय र उद्घाटन हुने नहुने अनिश्चिय फेर्न अझै गाह्रो थियो । यो कुरा आयोजकहरुले भन्ने भएकोले आफूले मुख थुनेर बसेको प्रतियोगिताको प्रायोजकको रुपमा एक बैंकिङ कम्पनीका ती वरिष्ठ अधिकारीले भने ।

 


Comments