एनआरएनए जापान कान्साईले सुरु गर्यो एक उदाहरणीय काम, विद्यार्थीहरुलाई छात्रवृत्तिबारे नि:शुल्क परामर्श दिईने ! हेर्नुहाेस सम्पुर्ण जानकारी

 



ओसाका/जापान ।

 के तपाईलाई जापानमा अध्ययनको क्रममा विभिन्न विधामा पाइने विभिन्न किसिमका छात्रवृतिहरुको बारेमा ज्ञान छ ? थाह छैन भने पनि अब ढुक्क हुनुस्, एनआरएनए जापान कान्साई क्षेत्रले नि:शुल्क परामर्श दिने भएको छ ।

 

जापानमा साँच्चै पढ्नकै लागि आउने तथा साँच्चै पढ्न चाहने सबै विद्यार्थीहरुको चासोको विषय हो छात्रवृत्ति । तर कुन, छात्रवृत्ति कहाँबाट  कहिले खुल्छ ?कसरी आवेदन दिने ?जस्ता प्रश्नहरुको जवाफ पाउन भने त्यति सजिलो छैन । कारण मिहेनती जेहेन्दार विद्यार्थीहरु विभिन्न किसिमका छात्रवृतिका अवसरहरुबाट बन्चित हुननपरोस भन्ने उदेश्यको साथ अध्ययनको शिलशिलामा जापान आएका नेपाली विद्यार्थीहरुलाई केन्द्रित गरी एनआरएनए जापान,कान्साई क्षेत्रिय समितिले छात्रवृत्ति सम्बन्धी निशुल्क परामर्श सेवा सुरु गरेको जानकारी प्राप्त भएको छ ।

 

साथै, एनआरएनए जापान कान्साईले ,अध्यनको क्रममा आइपर्ने विभिन्न समस्या अवरोध जटिलता संग-संगै प्राप्त गर्न सक्ने अवसर लगायत जुन सुकै किसिमको सल्लाह सुझाबको आवश्यक परेमा आफुहरुलाई सम्झिन भन्दै एक सुचना नै जारी गरेको छ ।

 


Comments