नेपाल बाट जापान प्रवेश गर्नेहरुका लागि क्वारेनटाइन अबधि १० दिनबाट ६ दिनमा झारियो तर प्रवेश प्रतिबन्ध भने कायमै
टोकियो ।जापानको विदेश
मन्त्रालयले जापान प्रवेश गरेपछि नेपालीहरुका लागि अनिवार्य गरेको १० दिनको
क्वारेनटाइन अबधि ६ दिनमा झार्ने निर्णय गरेको छ ।
विदेश मन्त्रालयले एक
सूचना जारी गर्दै नेपाल सहित भारत,
जाम्बिया, श्रीलंका र माल्दिप्स बाट जापान प्रवेश गर्ने नागरिकहरुलाई विमानस्थलमा
अनिवार्य गरिएको क्वारेनटाइन अबधि ६ दिनमा झार्ने जानकारी गराएको हो ।
नया निर्णय अनुसार जापान
प्रवेश गरे पछि पहिलो पटक ३ दिनका दिन र दोश्रो पटक ६ दिनका दिन पिसीआर परिक्षण
गरिनेछ । दोश्रो पटक ६ दिनका दिन गरिएको परिक्षणमा कोरोना नेगेटिभ देखिएको खण्डमा
विमानस्थलको क्वारेनटाइन बाट छुटकारा मिल्नेछ तर घरमा फेरी १४ दिन क्वारेनटाइन
अनिवार्य बस्नुपर्ने हुन्छ ।
बेलायत, पाकिस्तान, मलेसिया र रसिया बाट जापान प्रवेश गर्नेहरुले पनि अब बिमानस्थलमा ६ दिन मात्रै क्वारेनटाइन बसे पुग्छ ।
तर ६ दिनका दिनमा गरिएको
परिक्षणमा कोरोना पोजेटिभ देखिएमा क्वारेनटाइन अबधि लम्बिन सक्नेछ ।
माथि उल्लेखित देशहरुबाट
जापान प्रवेश भने खुल्ला नगरी पनि क्वारेनटाइन नीतिमा परिवर्तन गरिएको हो ।
परिवर्तित क्वारेनटाइन नीति १४ गते बाट (१३ गते राति १२ बजेदेखि) लागु हुने विदेश
मन्त्रालयले जनाएको छ ।

Comments
Post a Comment