टोकियो/जापान ।
पछिल्ला केहि दिन यता जापानको अधिकाँस स्थानको मौसममा बदली देखिएको छ । जसका कारण कतिपय ठाउँमा ताईफुको प्रभावले भारी वर्षा तथा हावाहुरीका कारण प्रभावित भएको छ भने कतै टन्टलापुर घाम र तातो हावाको प्रवाहसंगै अत्याधिक गर्मि भईरहेको छ । टोकियो, साईतामा, खानागावा, गुन्मा,क्योतो लगायतका स्थानहरुमा उच्च गर्मी बढेको छ भने, पश्चिमी जापानमा भने भारी वर्षा भईरहेको छ ।
पश्चिमी जापानमा १३ तारिख भारी वर्षा हुने र त्यसले ठूलो क्षति पार्न सक्ने पुर्वानुमान गरिएको छ । जापानको मौसम विज्ञान एजेन्सीको अनुसार,क्युसु क्षेत्रका विभिन्न स्थानहरुमा मडारिईरहेको पानी बोकेको बादलले कतिपय ठाउँमा वर्षा गराईरहेको छ भने कतिपय ठाउँमा ठूलो पानी पार्ने सम्भावना छ ।
यसका साथै तोहोकु
क्षेत्रमा देखिएको मौसमी बदलीसंगै आओमोरीकेनको सिमोकिता प्रायदिपमा हिजो ( १०
तारिख) परेको भारी वर्षाका कारण विभिन्न स्थानमा बाढी तथा पहिरो गएको छ । जसका
कारण कयौँ घरपरिवार प्रभावित भएका छन् भने पहिरोका कारण राष्ट्रिय राजमार्गहरुमा
समेत अवरोध सिर्जना भएको छ ।

Comments
Post a Comment