टोकियो, जापान ।
विशिष्ट कौशल प्रणाली
अन्तर्गत दीर्घकालीन हेरचाह गर्ने श्रमिकहरुको अभाव जापानमा चुलिन थालेको छ ।
कोरोना भाइरस संकटका कारण यस्ता श्रमिकको अभाव थप बढेर स्वास्थ्य क्षेत्र चरम
दबावमा पर्न थालेको छ ।
जापानमा निवासको स्थिति
भएका बिदेशी श्रमिकहरुको संख्या २,००० भन्दा बढी
रहेको छ । जुन प्रारम्भिक पूर्वानुमान भन्दा धेरै कम संख्या हो । कोरोना भाइरस
संक्रमण नियन्त्रण उपायहरुको कारण आप्रवासन प्रतिबन्ध जारी रहेको छ । यसको जोखिममा
नर्सिङ केयरमा जापान आउने क्रममा रहेकाहरु रोकिंदा प्रत्यक्ष अभाव जापानको नर्सिङ
केयर केन्द्रहरुमा परेको छ । बर्षदिन यता जापानका अधिकाशं नर्सिङ केयर केन्द्रहरु
हेरचाह कर्मचारीको सँधैको अभावमा संचालन भइरहेका छन् ।
जापानले विशिष्ट कौशल
प्रणाली भएका श्रमिकको अभाव टार्न सन् २०१९ मा ५ बर्षको अन्तरालमा करिव ६०,००० स्वास्थ्य हेरचाह कामदार आपूर्ति गर्ने
लक्ष्य राखेको थियो । तर कोरोना संक्रमणका कारण सरकारले अपनाएको सिमा नियन्त्रणको
उपायले यसमा तगारो लगाईदिएको छ ।
जापानको आप्रवासन
ब्यूरोका अनुसार पहिलो बर्षमा लगभग ५,००० संख्यामा बिदेशी कामदारहरु स्वास्थ्य हेरचाहमा संलग्न हुनपुगेका थिए । तर
यो संख्या कोरोना महामारीले घट्दो क्रममा रहँदा दुई बर्षको अन्तरालमा केवल हाल २२
सय ९७ जना मात्र रहेका छन् । जुन संख्या अत्यन्त कम हो ।
कोरोना संक्रमणको कारण
आप्रवासन प्रतिबन्धले अवरोध गर्दा जापान प्रवेश गर्नको लागी तयारी अवस्थामा रहेका
सयौं नरर्सिगं केयरका कामदारहरु बिदेशमा पर्खाईमा रहेका छन् । तर यता जापानमा भने
तिनै कामदारको चरम अभाव चुलिएको छ ।
इन्डोनेसिया, भियतनाम, फिलिपिन्स जस्ता देशबाट विशेष मानव संसाधन साझेदारी सम्झौताको आधारमा दीर्घकालीन हेरचाह श्रमिक ल्याउने सम्झौता गरेको जापानका कयौं क्षेत्रले चीनबाट पनि कामदार ल्याउन प्रयास र पक्रिया अघि बढाईरहेका छन् ।
तर
जतिनै प्रयास गरेपनि जापानले कोरोना भाइरस संक्रमण नियन्त्रणको लागि सिमा उपाय
भन्दै बिदेशबाट नव प्रवेशिसँगै आवासिय भिषा भएकालाई समेत रोकेको अवस्थामा
स्वास्थ्य क्षेत्रको संकट टार्न पहिलो प्राथमिकतामा नरर्सिङ केयरका कामदारलाई
प्रवेश दिनुपर्ने माग र दबाव बढेको छ । जसलाई सरकारले छिट्टै सुनुवाई गर्ने
अपेक्षा गरिएको जापानी समाचार संस्था एनएचकेले खवर प्रकाशित गरेको छ ।

Comments
Post a Comment