टोकियो, जापान ।
टोकियोको शिन्जुका वडाले
रेष्ष्टुराँ काम गर्ने कामदारहरुलाई कोभिड-१९ विरोधी खोप लगाउने भएको छ । वडाले
स्थानीय बासिन्दा नभएका कामदारहरुलाई पनि खोप लगाउने भएको हो ।
सेप्टेम्बर ६ देखि मध्य–डिसेम्बरसम्म आफूहरुले वडामा खोप स्थल स्थापना गर्ने अधिकारीहरुले बताएका छन् ।
वडाभरका रेष्टुराँ र क्याफेमा काम गर्ने कामदारहरुले खोप लगाउन सक्नेछन् ।
तर उनीहरुसँग आफ्नो
नगरपालिकाले दिएको खोप टिकट भने हुनु पर्नेछ । शिन्जुकाका ठूला व्यवसायिक
क्षेत्रका रेष्टुराँ र क्याफेमा काम गर्ने कामदारहरु खोप लगाउन आउँछन् भन्ने आशा
वडाका अधिकारीहरुको छ ।
यो खोप केन्द्रमा शिशु
स्याहार केन्द्र, किन्डरगार्टेन, प्राथमिक विद्यालय, कनिष्ठ उच्च
विद्यालय र वृद्धवृद्धाहरुको स्याहार केन्द्रमा काम गर्नेहरु पनि खोप लगाउन
पाउनेछन् । वडाका १८ वर्ष वा सो भन्दा बढी उमेरका बासिन्दाहरु खोपका लागि योग्य
छन् ।
बूकिङ मंगलबारदेखि
अनलाइनबाट शुरु हुनेछ । करीब १५ हजार मानिसहरुलाई खोप लगाउन आफूसँग पर्याप्त खोप
हुने उनीहरुले बताएका छन् ।

Comments
Post a Comment