जापानले अब आवासिय भिषा सहित दैनिक ३,५०० व्यक्तिलाई प्रवेश दिने

 





टोकियो, जापान ।

जापानले विदेशबाट आउने यात्री आगमनको दैनिक संख्यालाई बढाउने निर्णय गरेको छ ।

जापान सरकारले सोमबारदेखि देशमा प्रवेश गर्नेहरुको संख्या २ हजारबाट बढाएर ३५०० पुर्‍याउने घोषणा गरेको हो ।

स्रोतहरुका अनुसार यातायात मन्त्रालयले एयरलाइन्सलाई यो निर्णयको बारेमा सूचित गरिसकेको छ ।

कोरोना भाइरसको फैलावट रोक्ने प्रयासको एक भागको रूपमा मार्च महिना देखी दैनिक जापान केवल २ हजार व्यक्तिले प्रवेश पाउने नीति लागू गरिएको थियो । यो आंकडामा दुबै जापानी र विदेशीहरुलाई देशको निश्चित संख्यामा सामेल गराइएको थियो ।

तर तत्कालको लागि भने जापानले नेपाल सहित अधिकाश देशबाट आवासिय भिषा प्राप्त व्यक्तिहरुको प्रवेशलाई खुलाएको छैन ।

राष्ट्रिय बिमान कम्पनी सहित अन्तर्राष्ट्रिय उडान संचालकहरुलाई पनि यात्रुहरुको संख्या नयाँ निर्धारित संख्यामा सीमित गर्न भनिएको छ ।

टोकियो ओलम्पिक सकिएपछि क्वारिन्टिन अधिकारीहरुसंग अब धेरै क्वारिन्टिन ठाउँ छ भन्ने मन्त्रालयको भनाई छ । 

मन्त्रालयले अधिक विदेशमा रहेका जापानी नागरिकहरु घर फर्कन चाहिरहेको बताएको छ ।

अल निप्पोन एयरवेज र जापान एयरलाइन्स हाल ३४०० संख्यामा यसअघि नै निर्धारण गरिए अनुसार अन्तर्राष्ट्रिय उडानहरुमा यात्री भर्दै आएका छन् ।

 

 


Comments