बाग्लुङकी हरिकला भण्डारीको जापानमा असामयिक निधन

 




ओसाका, जापान ।

 

रोजगारका क्रममा जापान ओसाकामा परिवार सहित बस्दै आउनुभएकी हरिकला भण्डारीको असामयिक निधन भएको छ ।

बाग्लुङ जिल्ला गलकोट नगरपालिका २ नरेठाटी चिनामाली स्थाई घर भई पारिवारिक भिषामा जापानको ओसाका शहरमा बसोबास गर्दै आउनुभएकी हरिकला भण्डारीको अगस्ट ८ तारिख आईतवार असामयिक निधन भएको हो । 


मृतक भण्डारीको ११ तारिख बुधवार ओसाकामानै दाहसंस्कार सम्पन्न गरिएको छ ।

एक बर्षयता स्वास्थ्यमा समस्या देखीनुभएकी भण्डारीको फोक्सोमा गम्भिर समस्या देखिएपछी उपचारको क्रममा निधन भएको हो ।

निकट ब्यक्तीहरुका अनुसार अस्वस्थ खानपानको कारण स्वास्थ्य खराबिले भण्डारीको निधन हुनपुगेको बताइएको छ ।

४२ बर्ष पुग्नुभएकी भण्डारी जापान आएको १० बर्ष पुगेको थियो । भण्डारीको एक छोरा र छोरी सहित श्रीमान जापानमा सपरिवार बस्दै आउनुभएको थियो ।

         

Comments