टोकियो, जापान ।
जापानको राजधानी टोकियोमा
सन् २०२१ को जुलाई महीनामा ९८ जना गर्भिणी महिलालाई कोरोना भाइरसको संक्रमण भएको छ
।
निप्पोन मेडिकल स्कूल
तामानागायामा हस्पिटलले गरेको सर्वेक्षणले यस्तो देखाएको हो । संक्रमित गर्भवति
महिलाको यो संख्या एकै महीनामा देखिएको अहिलेसम्मकै उच्च मासिक संक्रमण भएको
बताइएको छ ।सन् २०२० को अप्रिलदेखि यस वर्षको जुलाईबीच भने राजधानीमा ४६० जना
गर्भिणी महिलालाई संक्रमण भएको छ ।
तथ्यांक अस्पतालका
निर्देशक आकिहितो नाकाईले संकलन गरेका हुन् । चिबा प्रिफेक्चरमा अस्पताल नपाएर समय
नहुँदै घरमै बच्चा जन्माउनु पर्दा एक महिलाले नवजात शिशु गुमाउनु परेको थियो ।
अध्ययनमा सो घटनाको पनि
अध्ययन गरिएको छ । सो घटनाले संक्रमणका कारण जापानका अस्पतालहरुमा कस्तो चाप सृजना
भएको छ भन्ने कुरा छर्लङ्ग बनाएको छ । गर्भवति महिलाहरुले भविष्यमा पनि यस्तै
अवस्थाका सामना गर्नु नपरोस् भनेर उपायहरुमा सुधार गर्न अनुरोध पनि आइरहेको छ ।
देशभर संक्रमित गर्भवति
महिलाको पछिल्लो तथ्यांक भने उपलब्ध छैन । स्वास्थ्य प्रणालीमा सुधार गर्न
गर्भवतिहरुमाझ संक्रमणको वास्तविक अवस्था बुझ्न जरुरी भएको नाकाईको भनाइ छ ।
सर्वेक्षणले टोकियो महानगर सरकारले सार्वजनिक गर्ने प्रारम्भिक मासिक तथ्यांक
जम्मा पारेर गरिएको हो ।
सर्वेक्षण अनुसार गत वर्षको अप्रिलदेखि यस वर्षको जुन सम्ममा मासिक ३ देखि ५० जनासम्म संक्रमित भेटिएका छन् ।
जुलाईमा यो संख्या ह्वात्तै बढेर ९८ मा पुग्यो । यसमा लक्षण नदेखिएको वा
हलुका मात्रै लक्षण देखिएकाहरुलाई समावेश नगरिएकोले वास्तविक संक्रमितको संख्या यो
भन्दा पनि धेरै हुने सक्ने बताइएको छ ।
समीक्षा अवधिमा संक्रमित
भएका ४६० मध्ये ४३८ जनालाई अस्पतालमा भर्ना गरिएको थियो । २२ जनाले भने साना
केटाकेटी हेर्नु पर्ने लगायत कारणले गर्दा घरमै स्वास्थ्य लाभ गरे । ७७ जना मध्ये
६१ जनाको बच्चा अपरेशन मार्फत जन्माइयो । जुलाईसम्ममा टोकियोका कूल संक्रमितमा
गर्भवति महिलाको अनुपात शून्य दशमलव २१ प्रतिशत थियो ।
Comments
Post a Comment