टोकियो/जापान । कोभिड संक्रमण नियन्त्रणको लागि जापान सरकारले लगाएको यात्रा प्रतिबन्धको मारमा परेका हज्जारौँ नेपालीहरु अब भने जापान आउन पाउने भएका छन् ।
शुक्रबार बेलुकी जापानको परराष्ट्र मन्त्रालयले जारी गरेको एक सुचना अनुसार, कोभिड संक्रमण नियन्त्रणका लागि जापान सरकारले नेपाल, भारत, अफगानिस्तान,बंगलादेश,श्रीलंका र
माल्दिभ्समा हाल जारी यात्रा प्रतिबन्ध यहि सेप्टेम्बर १९ तारिखबाट हटाईने छ ।
यो प्रतिबन्ध हटेसंगै बिदामा
नेपाल गएर उतै महिनौँ रोक्किनु परेका हज्जारौँ नेपालीहरुलाई राहत मिल्ने भएको छ ।
यस पटक पनि पुन
प्रवेशवालाहरुको लागि खुल्ला हुने व्यहोरा उल्लेख भएता पनि,नयाँ भिसा बाहकहरुको सवालमा खासै केहि उल्लेख गरिएको छैन ।
Comments
Post a Comment