अहिले परेको यो बेमौसमी पानीले देशका धेरै ठाउँमा क्षति पुराएको छ ।
तराई क्षेत्रमा डुबान भएको छ भने पहाडी इलाकामा ठूलाठूला पहिरोले गर्दा बस्तीहरु पुरै पुरिएका छन् ।
त्यसैगरी हुम्लामा वर्षासँगै आएको पहिरोले पुरिएर एकै घरका 6 जना बेपत्ता भएका छन् ।
मंगलबार राति खर्पेलगाउँस्थित बिचदउडामा बस्ने धनबिरे शाहीको घर पछाडिबाट आएर घर नै पुरेको थियो ।
रातिमा पहिरो आएको हुँदा उद्धार गर्न नसकेको, त्यही समुदायका मानिसहरुले बताउँछन् ।
पहिरोमा परी पुरिएका एकैघरका 6 जना रहेका छन् पहिरोमा धनबिरेसँगै कलबहादुर शाही, आशा शाही र उनका ११ , ५ र ३ वर्षीय छोरा पुरिएका छन् ।
अत्याधिक वर्ष भएको कारणले गर्दा सदरमुकामबाट सुरक्षाकर्मी उद्धारको लागि जान नसक्ने अवस्था
रहेको र घटनास्थलनजिकैको याङ्चु प्रहरी चौकीसँग वर्षाकै कारण सम्पर्क हुन नसकेकाले बिहान मात्र
संयुक्त सुरक्षा टोली पठाइने हुम्लाका प्रहरी प्रमुख डीएसपी हेरम्भ शर्माले
बताए ।

Comments
Post a Comment