निरन्तर वर्षाका कारण नेपालका धेरै ठाउँहरु डुबानमा परेका छन् ।
अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण पहाडी जिल्लामा २० जाना , तराईका जिल्लामा दुई जना र प्रदेश १ मा २२ जनाको मृत्यु भएको छ ।
प्रदेश १ का प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसीका अनुसार पहिरोमा परी धनकुटामा ६ जना, इलाममा सात जनाको मृत्यु भएको छ ।
त्यसै गरि पाँचथरमा पनि ६ जना र धनकुटाको चौबिसे गाउँपालिका-१ बुधबारेस्थित गढेरीमा मंगलबार राति भीमबहादुर श्रेष्ठको घर पुरिंदा परिवारकै छ जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।

Comments
Post a Comment