पहिलेको तुलानामा नेपालबाट
जापान जानेको संख्या अहिले निकै कम हुन थालेको छ ।
गतबर्ष ९९ हजार नाघेको
नेपालीको जनसंख्या हालैको तथ्यांक अनुसार केही घटेको पाइएको हो । जापानमा बसोबास गर्दै आएका नेपालीहरुको
जनसंख्या ९७,०२६ रहेको जापान सरकारको हालैको प्रतिवेदनमा उल्लेख गरिएको
छ ।
तथ्यांक अनुसार सबैभन्दा
धेरै डिपेन्डेन्ट भिसामा ३१,९१३ जना रहेका छन ।
दोश्रोमा सर्वाधिक
बिधार्थी १८,४५९ जना रहेका छन ।
रोजगार अनर्गत
(इन्टरनेशनल सर्भिस) भिसा स्टाटसमा १७,९९७ जना रहेको पाइएको छ ।
कुक लगाएत अन्य भिसा तर्फ
१५,७८० जना नेपालीको बसोबास रहेको छ ।
थाइ बसोबास गर्ने
नेपालीहरुको जनसंख्या बढेर ५,४२३ पुगेको छ ।
बिशेष काम (तोकुतेइ
काचुदोउ) भिसामा रहनेको संख्या ५,०२२ जना रहेका छन ।
जापानी नागरिकको पति वा
पत्नीको रुपमा बैवाहिक सम्बन्धमा रहनेको संख्या पनि बढेर १,०९५ पुगेको छ ।
लामो अवधीको बसाई
(तेइजिउ) भिसा पाएका नेपालीको संख्या ८९३ रहेको छ ।
यसैगरी प्रशिक्षार्थी
कामदारको रुपमा ४४१ जना नेपाली जापानमा रहेको पाइएको छ ।
बिशेष थाइ बसोबास गर्ने
नेपालीको संख्या भने केवल ३ जना रहेको छ ।

Comments
Post a Comment