निरन्तर भारी वर्षाको कारणले गर्दा देशका विभिन्न ठाउँहरु डुबानमा परेका छन् ।
आएको बाढी पहिरो र डुबानमा परेर
बुधबार मध्याह्नसम्म ४८ जनाले ज्यान गुमाएका छन् ।
धेरै मानवीय क्षति बनाएको जिल्ला भनेको डोटी र इलाममा रहेका छन् ।
इलाममा मृत्युहुनेको संख्या 11 रहेको छ भने डोटीमा 9 जना रहेका छन् ।
इलाम र डोटीमा जिल्लामा पहिराले धेरै मानवीय क्षति गराएको हो ।
देशका भिन्नभिन्न जिल्ला गरेर अझै 31 जना बेपत्ता भएका छन् र २३
जना घाइते भएका छन् ।
त्यसैगरी पहिरामा परी हुम्ला, धनकुटा र पाँचथरमा छ/छजनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।
र एक, डडेलधुरामा एक, प्यूठानमा एक, सुनसरीमा दुई र उदयपुरमा एकजनाको
मृत्यु भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।
बझाङमा पहिरोमा परी 23 जना बेपत्ता भएका छन् र यस्तै डोटीमा एक, प्यूठानमा दुई, इलाममा पाँचजना बेपत्ता छन् ।

Comments
Post a Comment