निरन्तर वर्षाको कारणले गर्दा देशमा धेरै नै क्षति पुर्याएको छ । साथै लगातारको वर्षाका कारण सप्तकोशी नदीमा पानीको सतह बढ्दो क्रममा रहेको छ ।
सप्तरी र सुनसरी दुई जिल्ला जोडिने कोसी नदीमा, लगातार रुपमा वर्षा परेको कारणले गर्दा पानीको
सतह बढ्दो
क्रममा रहेको कोसी ब्यारेजले जनाएको छ ।
बुधबार बिहान १० बजे गरिएको मापन अनुसार कोसी ब्यारेजमा दुई लाख ६१ हजार क्युसेक पानीको बहाव रहेको ब्यारेजस्थित नियन्त्रण कक्षले जनाएको छ ।
अझै पनि पानी
परिराखेको वर्षा पानीको बहाव बढ्ने क्रममा नै रहेको कोसी ब्यारेज प्रशासनले जनाएको
छ ।
ब्यारेजका ५६ मध्ये ४२ वटा ढोका भने खोलिएका छन् ।
पानीको बहाव बढेपछि
आवश्यकता अनुसार थप ढोका खुला गरिने ब्यारेज प्रशासनले जनाएको छ ।
साथै यसैबीच जिल्ला प्रशासन कार्यालयले नदीको तटीय क्षेत्र र आसपासका
बासिन्दालाई सतर्क रहन र सम्भावित जोखिमलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाउन
आग्रह गरिएको छ ।

Comments
Post a Comment