बाढी पहिरो पीडितलाई तत्काल राहत दिन सरकारसँग विमलेन्द्र निधिको माग

 



नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले, अहिले देशका विभिन्न ठाउँमा भारी वर्षाको कारणले क्षतिग्रस्त भएका किसानहरुलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

र बाढी पहिरोमा फसेकाहरुको उद्धारमा खटिन तीनै तहका सरकारलाई परिचालित हुन समेत निधिले ध्यानाकर्षण गराएका छन् ।

‘बाढीका कारण जोखिममा परेका व्यक्तिहरुलाई तत्काल सुरक्षित ठाउँमा स्थानान्तरण गर्दै राहत र क्षतिपूर्तिको व्यबस्था मिलाउन संघीय सरकारको ध्यानाकर्षण गराउँन चाहन्छु’, निधिले बक्तव्यमा लेखेका छन् ।

 

विमलेन्द्रले विशेषगरी अविरल वर्षाका कारण धानबाली नष्ट भएका किसानलाई राहतको व्यवस्था गर्न पनि माग गरेका छन् ।

 

 

Comments