टोकियो, जापान ।
सीमा नाका नियन्त्रण
न्यूनीकरणका लागि जापान सरकारले आगामी साताबाट थप खुकुलोपना अपनाउने भएको छ ।
कोरोना रोकथाम मन्त्री
यामागिवाले यस महिनाको अन्त्यमा सकिने सीमानाका उपायहरू न्यूनीकरणमा विचार गर्ने
बताउंदै संसदमा लचिलो रूपमा प्रतिक्रिया दिने बताएका छन ।
लिबरल डेमोक्रेटिक
पार्टीको प्रतिनिधि सभा सदस्य योशियाकी वादाले ‘के तपाईं विदेशी प्रशिक्षार्थीहरू,
जस्तै विदेशी जनशक्ति जापानमा ल्याउने
सम्भावनालाई सकारात्मक रूपमा विचार गर्न सक्नुहुन्छ?’ भनि संसदमा राखेको प्रश्नमा कोरोना भाइरसका लागि
‘काउन्टरमेजर’ मन्त्री दाइशिरो यामागिवाले भने ‘म निष्कर्षमा पुग्न चाहन्छु ।
हामीले यसलाई पहिले नै विचार गरिसकेका छौं । हामी फेब्रुवरीको अन्त्यसम्म नियम
कायम राख्ने बारे कुरा गर्दैछौं। यो एक सिमा नियन्त्रण उपाय भएकोले, त्यहाँ विभिन्न सरलताको लागि ठाउँ छ, र हामी लचिलो प्रतिक्रिया दिन चाहन्छौं ।’
सीमा नाका प्रतिबन्धका
सम्बन्धमा सरकारले यसै महिनाको अन्त्यसम्मको समयसीमा तोकेको भन्दै मन्त्री
यामागिवाले भने, ‘जापानका लागि
अत्यावश्यक रहेको विदेशीको प्रवेशलाई विस्तार गर्ने दिशामा हामी सिमा नियन्त्रण
उपायहरु न्यूनीकरणप्रति सकारात्मक छौं ।’
सरकारले आगामी साताभित्रै
सीमा नाका न्यूनीकरणका उपायबारे नीति घोषणा गर्ने अपेक्षा गरिएको छ ।
Comments
Post a Comment