जापान प्रवेश प्रतिबन्ध छिटै हटाउँछौँ : प्रधानमन्त्री किसिदा

 

 


जापानका प्रधानमन्त्री फुमियो किसिदाले नव प्रवेशीहरुका लागि छिटैनै जापान प्रवेश खुला गर्ने तयारी भईरहेको बताएका छन् ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री किसिदाले नव प्रवेशी अन्तर्राष्ट्रिय विद्यार्थी तथा व्यवसायिक यात्रीहरुलाई लगाएको यात्रा प्रतिबन्ध खुलाउने तयारीबारे अभिव्यक्ति दिएका हुन् । यतिबेला जापानले प्रधिबन्धबारे निकै आलोचना खेपिरहेको समयमा प्रधानमन्त्रीको यस्तो भनाई बाहिर आएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री किसिदाले भने “चाडै प्रवेश प्रतिबन्ध हटाउनेछौ ।” उनले कहिलेबाट खुला हुन्छ भन्ने विषयमा भने कुनै कुरा उल्लेख नगरेको जापान टुडेले शनिबार जनाएको छ । उनले ओमिक्रोनको वैज्ञानिक मूल्याङ्कन, देश भित्र र बाहिर कोरोना संक्रमणको स्थिति र अन्य देशका क्वारेन्टिन स्थितिलाइ अवलोकन गरी त्यसको निर्णय लिईने समेत बताएको समाचारमा जनाईएको छ ।

अहिले जापानले लगाएको प्रवेश प्रतिबन्ध फेब्रुअरीको अन्तिममा सकिँदैछ । बिभिन्न देशहरुको तुलनामा जापान कठोर प्रवेश प्रतिबन्ध लगाउने देशमा पर्दछ । कठोर प्रतिबन्धलाई हटाउन बिभिन्न देशहरुमा बिधार्थीहरुले जापान प्रति बिरोध प्रदर्शन समेत गरेका थिए ।

 

Comments