टोकियो, जापान ।
जापानले आगामी मार्च
महिनाबाट नव प्रवेशी अन्तर्राष्ट्रिय विद्यार्थी तथा व्यवसायीहरुलाई जापान प्रवेश
खुल्ला गर्ने भएको छ ।
पहिलो चरणमा प्रतिदिन १
हजार जना व्यवसायिक यात्री तथा विद्यार्थीहरुलाई जापान प्रवेश दिइनेछ, जसलाई क्रमिक रुपमा बढाइनेछ ।
निक्केइमा प्रकाशित
समाचार अनुसार सीमा नियन्त्रणसम्बन्धि यो नयाँ नीति सरकारको आन्तरिक तथा
अन्तरदेशिय छलफलको चरणमा रहेको र कोरोनाभाइरस संक्रमणको अवस्था हेरेर आगामी
हप्तासम्ममा लागू हुनसक्ने छ ।
ओमिक्रोन भेरियन्टको
फैलावटसंगै २०२१ को नोभेम्बरदेखि नवप्रवेशी विदेशीहरुको जापान प्रवेश रोकिएको थियो
। जनवरीमा यसलाई बढाएर फेब्रुअरीको अन्त्यसम्म पुर्याइएको थियो । जापानको
इमिग्रेशन सर्भिस एजेन्सीका अनुसार ततपश्चात जापान प्रवेश हुने विदेशीको संख्या
घटेर औषतमा प्रतिदिन ७६७ जना पुगेको थियो ।
यद्यपी यो निक्केइले
निकटतम सरकारी श्रोतहरुमार्फत पाएको जानकारी र विश्लेषणका आधारमा प्रकाशित खबर हो
। सरकारी स्तरबाट भने यस विषयमा आधिकारिक जानकारी आइसकेको छैन ।
Comments
Post a Comment