टोकियो, जापान ।
जापानले कोरोना भाइरसको
संक्रमण नियन्त्रण गर्न सीमामा लगाएको प्रतिबन्ध खुकुलो बनाउँदै हाल दैनिक ३ हजार
५०० रहेको आगन्तुकको संख्या बढाएर ५ हजार आसपास पुर्याउने भएको छ । जापानको
मन्त्री परिषद्का उप मुख्य सचिव सेइजी किहाराले आइतबार यस्तो बताएका हुन् ।
‘दैनिक सीमा बढाएर ५ हजारमा पुर्याउन अलि सम्भव छ’, एक टिभी
कार्यक्रममा किहाराले भनेका छन् । प्रवेश प्रतिबन्धमा थप खुकुलो बनाउन भने सतर्कता
अपनाइने बताइएको छ । ‘क्वारन्टिन चेकजाँच बिना थप मानिसहरुलाई जापान प्रवेशको
अनुमति दिन हामीहरुले सक्छौं कि सक्दैनौं भनेर छलफल गर्न जरुरी छ,’ उनले भनेका छन् ।
पछिल्लो समय जापानलाई
सीमा खुलाउन व्यवसायी, विद्यार्थीहरुबाट लगातार अनुरोध आइरहेको छ । सोमा
प्रतिक्रिया जनाउँदै शनिबार प्रधानमन्त्री फुमिओ किशिदाले सीमा खुकुलो बनाउने आशय
व्यक्त गरेका थिए । जापानले कोरोना भाइरसको संक्रामक प्रकार ओमिक्रोन भ्यारिएन्ट
फैलिन नदिन नोभेम्बर ३० यता गैर आवासीय विदेशी नागरिकका लागि सीमा ठप्प पारेको छ ।
Comments
Post a Comment