टोकियोको २३ वडाभित्र सन्
२०२१ मा बसाई सरेर आउनेलाई यहाँबाट बसाई सरेर अन्यत्र जानेको संख्याले उछिनेको छ ।
आन्तरिक मामिला
मन्त्रालयले जनवरी २८ मा सार्वजनिक गरेको जनसंख्या प्रतिवेदनले यस्तो बताएको भन्दै
आसाही शिम्बुनले बुधबार समाचार छापेको छ ।
कोरोना भाइरसको महामारीबीच टोकियोको केन्द्र भागबाट अन्यत्र बसाई सरेर जाने
क्रम बढेको छ ।
प्रतिवेदनअनुसार गत
वर्षभर राजधानीको मध्य भागमा रहेका वडाहरुमा खूद कमी १४ हजार ८२८ रहेको छ । ती
क्षेत्रमा जनसंख्या घटेको यो सन् १९९६ यता यो नै पहिलो पटक भएको बताइएको छ । सन्
२०१४ मा २३ वडामा बसोबास गर्ने गैर–जापानी बासिन्दाहरुलाई पनि सो प्रतिवेदनमा
समावेश गर्न थालिएको थियो ।
त्यसयता टोकियोबाट
बाहिरिनेको संख्याले यहाँ भित्रिनेको संख्यालाई उछिनेको सन् २०१४ यता यो पहिलो पटक
हो । सन् २०२० को शुरुमा कोरोना भाइरसको महामारी शुरु भएदेखि नै यो टोकियोको २३
वडाबाट भित्रिने भन्दा बाहिरिने धेरै देखिन थालेको हो । टोकियो भर भने बसाई सरेर
अन्यन्त्र जानेको तुलनामा बसाई सरेर आउनेको संख्या धेरै छ ।
सन् २०२१ मा टोकियोको खूद
जनसंख्या ५ हजार ४३३ ले बढेको थियो । बढी छ । तर यो वृद्धि अघिल्लो वर्षको तुलनामा
निकै कम हो । सन् २०२० मा टोकियोको खूद जनसंख्या २५ हजार ६९२ ले बढेको थियो ।
प्रतिवेदनअनुसार २३
वडाबाट बसाई सरेर खानागावाको चिगासाकी र फुजिसावा, साइतामा प्रिफेक्चरको
अगेओ र इबाराकीको सुकुबामा जानेको संख्या उच्च छ ।
Comments
Post a Comment