जापानले यसै महिना विदेशी
आगमनमा लगाइएको प्रतिबन्धलाई सहज बनाउने भएको छ । जापानले क्रमश कामदार, व्यवसायिक यात्रुहरू सहित विद्यार्थीहरूलाई
अनुमति दिँदै प्रबेश खुलाउने भएको छ । मानिसहरूलाई दुई वर्षसम्म देश बाहिर राख्दा
कडा प्रतिबन्धहरूले निराशा बढाएको छ ।
ओमिक्रोन कोरोना भाइरस
भेरियन्टको प्रतिक्रियामा नोभेम्बरको अन्तमा लागू गरिएको कडा सीमा नियन्त्रणहरू अब
धेरै विस्तारहरू पछि मार्च १ मा समाप्त हुने गरि तोकिएको छ । त्यसअघि नै जापान
सरकारले एक दिनमा १,००० भन्दा बढी नयाँ भिसा
बाहक व्यक्तिहरू स्वीकार गर्न थाल्ने छ र क्रमशः यस्तो संख्या बढाउने योजना बनाएको
छ ।
स्कूलहरू र कम्पनीहरूले
उनीहरूको प्रायोजन अन्तर्गत आउने यात्रुहरूको निरीक्षण गर्ने अपेक्षा गरिएको छ र
आगन्तुकहरूलाई देशमा प्रवेश गरेपछि सेल्फ आइसोलेसनमा बस्न आग्रह गरिनेछ ।
ब्यापार यात्रुहरूमा
खुकुलो प्रतिबन्धहरू दुबै छोटो अवधिको व्यापार यात्रा र दीर्घकालीन स्थानान्तरणमा
लागू हुनेछन् । सरकारले अनुसन्धानकर्ताहरू
र इन्जिनियरहरूका साथै ‘सार्वजनिक लाभ’ प्रदान गर्ने कामदारहरूलाई प्राथमिकता
दिनेछ ।
जापानले यसअघि मुठीभर
सरकारी प्रायोजित विदेशी विद्यार्थीहरूलाई देशमा प्रवेश दिन थालेको थियो । जापानले
बिद्यार्थीहरुलाई जापान प्रबेश खुलाउंदा व्यक्तिगत कक्षाहरू बिना स्नातक गर्न नसक्ने
विद्यार्थीहरूलाई प्राथमिकता दिनेछ।
क्वारिन्टिन अवधि सात
दिनबाट घटाएर तीन दिन वा सोभन्दा कम गर्ने विचार भइरहेको छ । जापान प्रबेशमा योग्य
हुनको लागि यात्रुहरू, जापानी र विदेशी दुवै
नागरिकहरूले बूस्टर खोप प्राप्त गरेको हुनुपर्छ र कोभिड १९ को लागि परीक्षण गरिएको
हुनुपर्छ । सरकारले आवश्यक कागजी कार्य र स्क्रीनिंग प्रक्रियालाई सरल बनाउने
योजना बनाएको छ ।
कोरोना भाइरसका केसहरू
कसरी प्रवृति भइरहेको छ भन्ने आधारमा अर्को हप्ताको सुरुमा निर्णय गरिनेछ ।
हालको नियमहरू अन्तर्गत, स्थायी बसोबास बिना विदेशी नागरिकहरूले, नियमको रूपमा, जापानमा मानवीय
वा "सार्वजनिक लाभ" कारणहरूका लागि मात्र प्रवेश गर्न सक्छन् । अध्यागमन सेवा एजेन्सीका अनुसार डिसेम्बरमा
देशमा आउने विदेशी यात्रुहरू प्रति दिन औसत ७६७ मात्र रहेको छ ।
आगमनमा प्रवेश सीमा, हाल दैनिक करिब ३,५०० व्यक्तिमा तोकिएको छ । मार्च १ मा प्रबेश प्रतिबन्ध
हटाइएपछि यो संख्या बढ्नेछ । नोभेम्बरमा नियन्त्रणहरू राख्नु अघि यो संख्याको सिमा
५,००० थियो । जापानले पुन यो संख्यालाई
पुनर्स्थापित गर्ने ठानिएको छ ।
Comments
Post a Comment