टोकियो, जापान ।
नेपालबाट जापान आउदा अब
एयरपोर्ट अध्यागमनले तोकेको आवासमा अनिवार्य ६ दिन आइसोलेसन बस्नुपर्ने भएको छ ।
हाल रहेको तीन दिनको
आइसोलेसन अवधिलाई बढाएर जापानले ६ दिन बस्नु पर्ने नियम बढाउने निर्णय गरेको हो ।
जापानमा कोरोना संक्रमणको
दर बढिरहेको सन्दर्भलाई ध्यानमा राखेर जापान सरकारले फेब्रुवरी १३ तारिख आइतबार
राति १२ बजेबाट यो नियम लागु गर्न लागेको जापान सम्बन्धी जानकार जिज्ञानकुमार
थापाले जानकारी दिनुभयो ।
थापाका अनुसार जापान
सरकारको क्वारिन्टिन सम्बन्धी परिवर्तन हुन लागेको नियमानुसार नेपालबाट जापान
प्रवेश गर्ने यात्रुले जापान आएको ३ दिन र ६ दिनमा पिसिआर परिक्षण गर्नुपर्नेछ ।
सो रिपोर्ट नेगेटिभ आएमा आफ्नो आवासमा जान पाउने छन । आवास गएर भने मात्र १ दिन
होम आइसोलेसन बसे पुग्नेछ। तर दिनको गणना हुदा आएको दिनको गणना भने नहुने भएको छ ।
जापानको राजधानी टोकियोमा
प्रत्येक ८०० जनामा १ जना कोरोना संक्रमित देखिएको तथ्य सार्वजनिक भएपछि सरकारले
आगन्तुकहरूको क्वारिन्टिन नियममा थप कडाइ गर्न थालेको छ । देशभरिमा फेब्रुवरी ९
तारिखको तथ्यांक हेर्दा औसत रूपमा दैनिक १७ हजार ६ सय ८६ जना कोरोना संक्रमित भएको
देखिएको छ ।
फेब्रुवरी ९ तारिखसम्ममा
कोरोना भाइरसको लागि सकारात्मक निदान गरिएको र हेरचाह प्राप्त गर्नेहरूको कुल
संख्या गत हप्ताको तुलनामा ३० हजारबाट बढेर १ लाख ६९ हजार ६ सय ९७ जना पुगेको छ ।
प्रत्येक ८० जना
टोकियोबासीमा एक जनाले अस्पतालमा वा आवासमा वा घरमा उपचार पाइरहेको एक विज्ञको
दाबी छ । टोकियोमा मात्र बिहिबार १८ हजार २ सय ८७ नया संक्रमित भेटिएका थिए । भने
देशव्यापी रूपमा ९९ हजार ६ सय ९४ जना नया संक्रमित हुदा १६४ जनाको कोभिड-१९ का
कारण मृत्यु भएको थियो ।
Comments
Post a Comment