जापानी विमान सेवा
प्रदायक कम्पनी ‘जापान एयरलाइन्स कम्पनी’को चेक–इन प्रणालीमा गडबडी देखिएपछि
बुधबार कम्पनीको घरेलु उडानमा ढिलाइ भएको छ ।
कम्पनीले बताएअनुसार
टोकियोसमेत देशका अन्य स्थानमा रहेका विमानस्थलबाट उड्ने विमानको उडानमा ढिलाइ
भएको छ ।
घरेलु स्तरमा हुने उडानको
लागि बूकिङ गर्न र अन्तरराष्ट्रिय उडानको चेकिङ इनका लागि वेबसाइट हेर्न पनि
यात्री र उपभोक्ताहरुले समस्याको सामना गर्नु परिरहेको बताइएको छ ।टोकियोस्थित
हानेदा विमानस्थलमा कर्मचारीहरुले यात्रीहरुको चेक–इन प्रक्रिया हातैबाट
गर्नुपर्दा एउटा विमान एक घन्टा ढिला उडेको थियो ।
यो समस्या बुधबार बिहान
करीब ४ः३० बजेतिर देखिएको हो । कर्मचारीहरुले सिष्टम रिस्टोर गर्न र गड्बडी देखिनु
कारण पत्ता लगाउन काम गरिरहेको पनि कम्पनीले बताएको छ ।
Comments
Post a Comment