गएको महीना जापानमा १७
हजार ८०० विदेशीहरु आएको अनुमान गरिएको छ । जापान राष्ट्रिय पयर्टन संगठन
(जेएनटीओ)ले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२१ को जनवरीको तुलनामा भने यो ६१
दशमलव ७ प्रतिशत कम हो ।
योसँगै गत वर्षको सोही
महीनाको तुलनामा जनवरीमा लगातार चौथो महीना पनि आगन्तुकको संख्या घटेको छ । कोरोना
भाइरसको महामारी शुरु हुनु अघि सन् २०१९ को सोही महीनाको तुलनामा यो संख्या ९९
दशमलव ३ प्रतिशत कम हो । कोरोना भाइरसको संक्रमण घटेपछि गत वर्ष जनवरीमा जापानले
सीमा नियन्त्रण खुकुलो बनाएको थियो ।
गत महीना आएका
आगन्तुकहरुमध्ये सबैभन्दा धेरै भारतीय छन् । जनवरीमा जापानमा २ हजार १०० भारतीयहरु
आएका छन् । त्यस्तै अमेरिकाबाट आउने आगन्तुकको संख्या १ हजार ८०० छ भने चीनबाट १
हजार ५०० जना आएका छन् ।
जापानमा विदेशी आगन्तुकको
संख्या घटेको भएपनि विदेश जाने जापानीहरुको संख्यामा भने उच्च वृद्धि भएको छ ।
जनवरीमा ७५ हजार जापानीहरु सीमापार गरेका छन् ।
यो एक वर्ष अघिको तुलनामा
५४ प्रतिशत धेरै भएको तथ्यांकले देखाएको छ । तर यो सन् २०१९ को जनवरीको तुलनामा
भने ९४ दशमलव ८ प्रतिशत कम हो ।
Comments
Post a Comment