सी अफ जापानतर्फ रहेका
जापानका क्षेत्रहरुमा बुधबार र बिहबार भारी हिमपात हुने अनुमान गरिएको छ । मौसम
विभागका अनुसार सी अफ जापानमा बुधबारदेखि बिहिबारसम्म विकास हुने न्यून चापिय
प्रणालीका कारण चिसो वायुको थुप्रो ल्याउनेछ ।
यसले बुधबारदेखि होकुरिकु
क्षेत्र र निगाता प्रिफेक्चरमा भारी हिमपात गराउने विभागले बताएको छ । बिहिबार भने
सी अफ जापानको तटतर्फ रहेका पश्चिमी क्षेत्रमा भारी हिमपात हुनेछ ।
मौसम अधिकारीहरुले
सर्वसाधारणलाई भारी हिमपातले सवारी आवागमनमा अवरोध उत्पन्न गराउन सक्ने वा हिम
पहिरो नै जान सक्ने अवस्थाप्रति सतर्क रहन अनुरोध गरिरहेका छन् । देशको पूर्वी र
पश्चिमी क्षेत्रमा सी अफ जापानतर्फ रहेका क्षेत्रमा ठूलो छाल आउने सक्ने
भविष्यवाणी पनि मौसम अधिकारीहरुले गरेका छन् ।
मंगलबारदेखि नै होकुरिकु
क्षेत्र र तिगाता प्रिफेक्चरमा वायुमन्डलीय अवस्था अस्थीर रहन सक्ने पनि बताइएको छ
। सर्वसाधारणहरुलाई मेघ गर्जन, तीव्र हावाहुरी र आँधी प्रति सतर्क रहन सुझाव
दिइएको छ ।
Comments
Post a Comment