टोकियो, जापान ।
जापान सरकारले कोभिड
महामारिका कारण अवरुद्ध अवस्थामा रहेको नयाँ भिषा बाहकको प्रवेशलाई छिटो र छरितो
तरिकाले प्रवेश खुलाउन थालेको छ ।
प्रवेशलाई सहज बनाउन
स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले फेब्रुवरी ७ तारिखबाट 'फाष्ट ट्रयाक' प्रणाली लागू
गर्ने घोषणा गरेको छ ।
मन्त्रालयका अनुसार
जापानको कडा प्रवेश नीतिका कारण प्रवेश समस्या व्यहोरिरहेकाहरुले छिटो छरितो तवरमा
जापान प्रवेश गर्न अब कान्साई बिमानस्थल प्रयोग गर्न सक्नेछन् ।
स्वास्थ्य मन्त्रालयले
जारी गरेको 'फाष्ट ट्रयाक' प्रणाली अनुसार जापानको विमानस्थल ओर्लेपछि 'स्मार्टफोन'मा राखिने 'एप्लिकेशन'कै माध्यमबाट 'क्वारिन्टिन' नियमहरु तथा
प्रकृयाहरुबारे पूर्ण जानकारी र प्रक्रिया अपनाउन सक्नेछन् । यसबाट जापान प्रवेश
पूर्व 'क्वारिन्टिन' लगायतको पूर्व व्यवस्था गरेर मात्र आउनुपर्ने
बाध्यताका कारण प्रवेश नपाएका विद्यार्थीहरुलाई सहज हुनेछ । साथै रोजगार एवं
प्रशिक्षार्थी कामदारको रुपमा आउन लागेकाहरुले समेत तुलनात्मक रुपमा सहज प्रवेश
पाउनेछन् ।
जापानले हालको लागि नयाँ
भिषा बाहकको जापान प्रवेशमा नीतिगत रुपमा फेब्रुवरी अन्त्यसम्म रोक लगाएको छ । तर
विशेष परिस्थितिहरुमा छुट दिंदै आएको जापानले हालैका हप्ताहरुमा सिमित 'भिषा स्टाटस' भएकाहरुलाई
प्रवेश खुलाउन थालेको छ ।
स्वास्थ्य मन्त्रालयका
अनुसार तत्कालका लागि फेब्रुवरी ७ बाट 'फाष्ट ट्रयाक'को नियम ओसाका
स्थित कान्साई अन्तर्राष्ट्रिय बिमानस्थलमा मात्र लागू गरिएपनि मार्चबाट प्रवेश
सुचारु भएमा नारिता, हानेदा, चुबु र फुकुओका स्थिति
बिमानस्थलबाट पनि यस्तै प्रकारको 'फाष्ट ट्रयाक' विधि अपनाईनेछ ।
Comments
Post a Comment