जापान जाँदैं हुनुहुन्छ ? यी कुरामा अवस्य ध्यान दिनुहोस्

 


नेपालबाट जापान पुगेका दुई बाबु छोरालाई जापानको इमिग्रेशनले भिसा रद्द गरेर पुन : नेपालै फर्काइदिएको छ ।

 


बुवालाई घुमाउन जापान लगेका एक नेपाली छोरा र बाबुको लगेजमा भएको गुन्द्रुक, खुर्सानी, सूकुटी, घ्यू, भुटुवा, अचार आदि नेपाली स्वादका चिज बोकेर जपान छिर्न खोजेका कारण नियम विपरीत कार्य भन्दै अध्यागमनले भिसा रद्ध गरेर फर्काएको जापानमा रहेका हिमाल भट्टराईले सामाजिक संजाल फेसबुकमा लेखेका छन् ।

 

जापान जान लागेका वा विदामा आएरजापान फर्किन थालेकाहरुलाई सचेत गराउँदै भट्टराईले यस्ता चिजहरु भुलेर पनि बोकेर नआउन समेत अनुरोध गरेका छन् ।

 

सामाजिक संजालमा भट्टराईले यस्तो लेखेका छन्

‘अब भने गुन्द्रुक,खुर्सानी,सूकुटी,घ्यू, भुटुवा, अचार आदि नेपाली स्वादका चिज खान नेपाल नै नगई नपाईने स्थिति आयो । यि सामान भुलेर पनि जापान आऊँदा नल्याउनु होला । आज दुई जना नेपाली (बाबु–छोरा) लाई यी सामान बोकेर जापान छिर्न खोजेको कारण नियम विपरित कार्य भनि जापानको इम्मिग्रेसनले भिसा रद्द गरेर फर्काईदियो रे !

बिचरा बुबालाई जापान घुमाऊन ल्याएका थिए रे ।छोराबुहारीका साथ जापान घुम्ने रहर बोकेर आएका ति अपरिचित बुबालाई सम्झेर निकै दुःख लाग्यो,भावुक बनियो । नपरि नचेत्ने हामी नेपालीको बानी,परिसक्यो अब चाहि चेतौ है कृपया ।






 


Comments