एउटा कुनै गाउँमा पण्डित जि बस्ने गर्दथे। उनिसंग एउटा मोटो र धेरै दुध दिने गाई थियो। यो गाई उनलाई कसैले दान गरेको थियो । गाईकाे कारण घरमा दूध, घिउ, दहीको कमी थिएन । गाईकाे दूध, घिउ, दही खाए पिएपछि पण्डित जी मोटो र बलियो हुँदै गएका थिए ।
एक दिन साँझको कुरा हो, पण्डितजी दूध लिन गाईको गोठमा पुग्दा त्यहाँबाट गाई नै थिएनर गाई लाइ बाध्ने किला पनि भाचिएकाे थियाे । पण्डितजीको हात खुट्टा काम्न थाले र अाेठ मुख सुक्न थाले । उसले सोचे, “होइन, गाई कता निस्क्यो हाेला त ?”
उनलाई गाई धेरै प्यारो भएकोले तुरुन्तै खोज्न निस्किए ।
बाटाेमा जादै गर्दा , टाढाबाट पण्डितजीले एउटा गाई चरिरहेको देखे । उनी खुसी भए । तर साँझको गोधूलिमा उसले आफ्नो गाई भनेको छिमेकीको गोरु हो भनेर थाहा पाउन सकेन । डोरी समात्ने बित्तिकै गोरु लाई रिस उठ्यो । सबै कुरा बुझ्दा ढिलो भइसकेको थियो । गोरु रिसाउदै पण्डितजी को पछि दौडियो। पण्डित जी, मोटो शरीर लिएर, लड्दै भागे।
दौडदै गर्दा पण्डितजी धेरै थाकि सकेका थिए तर त्यहाँ एउटा साँढे थियो उसले हार माग्न तयार थिएन। अन्ततः एउटा खाडल देखेर पण्डितजी त्यसमा हाम फाले । र गोरुपनि त्यही खाडलमा खसेर पण्डितजी लाइ सिङले उदिन्न थालेयाे । प
पण्डितजी त्यहा बाट बल्ल तल्ल निस्किएर फेरि दौडिए । यसपटक उसले परालको थुप्रो देखे, पण्डितजी त्यही परालमा हाम फालेर पल्टिरहे।पण्डितजी लाइ पछ्याइरहेकाे गोरुले परालका दुईवटा गोलो बनायो र केही बेर यता उता खोज्दै गयो । पण्डितजी ले पुरै शरिरमा पराल बेरेका थिए यस कारण गाेरूले पनि चिन्न सकेन । पण्डितजी त्यस्तेै रूपमा घरमा पर्किदै थिए । उनको रूप पुरै फेरिएको थियो । पराल शरीरभर टाँसिएको थियो। उनी अर्कै ग्रहबाट आएका प्राणीजस्तै देखिन्थे । त्यसपछि त्यहाँबाट जाँदा एकजना मानिसको नजर उहाँमाथि पर्यो। उनी डरले चिच्याए । उसको चिच्याहट सुनेर दश बीस जना मानिस सहयोग गर्न जम्मा भए । अब पण्डित जी काे अगाडि र पछाडि धेरै मानिसहरू थिए। उनी चिच्चाउदै भने, “भाइहरू, म पण्डितजी हुँ…।” तर मानिसहरूले सुनेनन्।
आखिर बाँच्ने एउटै बाटो देखेर पण्डित जी पोखरीमा हाम फाले, शरीरबाट पराल निस्किएपछि मानिसहरू छक्क परे । जब सबै मानिसहरूलाई उनको कथा थाहा भयो, तिनीहरू सबै आ-आफ्नो घर फर्किए।
पण्डित जी फेरि हाँस्दै गाईको खोजीमा लागे । गाउँबाहिर आँपको बगैचा थियो । त्यहाँ गाई बारम्बार चर्ने गर्दथ्यो । पण्डित जी आशाको किरण लिएर अगाडि बढे । त्यतिबेला आँप पाक्दै थियो । मानिसहरूले झुपडीहरू बनाएर बगैंचाको रक्षा गर्थे। गुपचुप रूपमा कसैलाई बगैँचामा पसेको देखेर हेर्चाहाकाे लागि बसेका मानिसहरू लाठीको आवाज निकालेर पण्डितजी आउँदै गरेको बाटाे तर्फ लागे। पण्डितजीको होश उडायो । त्यहा बाट पनि बल्ल तल्त भागे ।
दौडदै गर्दा ऊ एउटा मैदानमा पुग्यो । खेतमा खरबुजा र काँक्रो हरूथिए। खेतको रक्षकले मोटो पण्डितजीलाई देखेपछि उसले बुझ्यो कि कुनै जनावर भित्रिएको छ। तिनीहरू लट्ठी र बलिरहेकाे दियालाे लिएरउसकाे पछि लागे। अब पण्डितजीको धैर्यता टुट्यो । यसपटक भागे भने सिधै घर गएर बसे । उसको अवस्था देखेर पण्डितजी की श्रिमती ले साेधिन , “ कहाँबाट आउनुभएको हजुर ?
पण्डित जीले हासेर भने, "म गाईको खोजीमा धेरै टाडा पुगेर अाएकाे छु , तिमी कहाँबाट अाएकाे रे ?"
"गाई खोज्दै हुनुहुन्छ? गाईलाई घरको पछाडि बाँधिएको छ। गोठमा गाई बाध्ने किला उखेलियो । त्यसैले मैले गाईलाई आँगनमा बाँधेको छु ।”
पण्डितजी अाफ्नाे श्रिमती कुरा सुनेर हातले टाउको समाउदै जमिनमा पल्टिए।
Comments
Post a Comment