उत्तर कोरियाले सम्भावित
ब्यालेस्टिक मिसाइल जापान तर्फको आकाशमा प्रक्षेपण गरेको छ ।
यहाँको रक्षा मन्त्रालयका
अनुसार दिउँसो ३ बजेर ३५ मिनेटमा उत्तर कोरियाबाट सम्भावित ब्यालेस्टिक मिसाइल
प्रक्षेपण भएको हो ।
जापानमा कुनै असर परेको छ
कि छैन भनेर रक्षा मन्त्रालयले जानकारी सङ्कलन गरिरहेको विवरणमा उल्लेख छ ।
जापानको कोष्ट गार्डका
अनुसार सम्भाविन व्यालेस्टिक मिसाइल सामुन्द्रिक भागमा खसिसकेको छ । यसबा भएको
क्षति लगायतको विवरण संकलन गर्ने काम भइरहेको छ ।
उत्तर कोरियाले यो बर्ष
३२ औं पटक व्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको छ ।
अहिलेसम्म जनवरीमा ७ पटक,
फेब्रुवरीमा १ पटक, मार्चमा ३ पटक, अप्रिलमा १ पटक, मेमा ४ पटक,
जुनमा १ पटक, अगस्टमा १ पटक, सेप्टेम्बरमा ३ पटक अक्टोबरमा ७ पटक र नोभेम्वरमा ३ पटक प्रक्षेपण गरिसकेको छ
।
Comments
Post a Comment