फोन मार्फत ठगिन लागेका एक जापानीलाई जोगाइदिएकोमा एक नेपाली युवालाई प्रहरीले पुरस्कृत गरेको छ ।

 





फोन मार्फत ठगिन लागेका एक जापानीलाई जोगाइदिएकोमा जापानको फुकुओकामा एक नेपाली युवालाई प्रहरीले पुरस्कृत गरेको छ ।

 

फोन मार्फत ठगिन लागेका एक जापानीलाई जोगाइदिएकोमा जापानको फुकुओकामा एक नेपाली युवालाई प्रहरीले पुरस्कृत गरेको छ ।

यसरी सम्मानि हुनेमा नेपाली युवा शालिकराम सापकोटा रहेका छन् । उनलाई प्रहरी स्टेशन प्रमुख शिनिचिरो मिजुनोले सम्मान पत्र सहित प्रसंशा गरेका छन् ।

स्थानिय फेमिलि मार्ट स्टोरका मेनेजर रहेका सापकोटालाई प्रहरी चौकीबाट ९ तारिख ठगीबाट जोगाएकोमा कदर पत्र प्रदान गरिएको छ ।

घटना अनुसार सापकोटा कार्यरत सुविधा स्टोरमा अक्टोबर २४ मा ६० वर्षका एक परिचित पुरुष ग्राहक आफ्नो मोबाइल फोनमा कुरा गर्दै आइपुगेका थिए ।

'मेरो कम्प्युटर भाइरसबाट संक्रमित भएको थियो, र मलाई ५०,००० येन मूल्यको कार्ड किन्न निर्देशन दिइएको थियो।' ठगिन लागेका व्यक्तिले भने त्यसपछि उनले सापकोटासँग परामर्श लिएका थिए ।

सापकोटाले सम्मानमा आयोजित कार्यक्रममा भने 'मैले कम्प्यूटर भाइरसको बारेमा धेरै पटक सुनेको छु, त्यसैले म ग्राहकसँग कुरा गर्दै थिएँ, यो घोटाला हो कि भन्ने लाग्यो ।'

ती व्यक्तिसँगको अन्तरक्रियाबाट ठगीको आशंका लागेका सापकोटाले तत्कालै उक्त फोनमा कुराकानी गरेका थिए ।

'मैले छोरा हुँ भन्दै फोनको जवाफ दिएँ । छोरा भएको बहाना गर्ने सापकोटाले राम्रो जापानी भाषा बोल्दा ठगीको प्रयास गर्ने फोन कर्ताले आत्तिएर फोन काटिदिएका थिए ।'

'यस्तो भन्नु झुटो भए पनि, म परिवारको सदस्य हुँ वा म छोरा हुँ भन्नु राम्रो हुन्छ, जसले गर्दा ठग्न खोज्ने अर्को व्यक्तिले सोच्नेछ' सापकोटाले भने ।

उनले जापानमा आफ्नो ९ वर्षमा प्राप्त गरेको यो पहिलो अवार्ड भएको बताए ।

प्रहरीले सापकोटाको बुद्धिमतापूर्ण कार्यलाई 'रोल मोडल जस्तै' भनेर प्रशंसा पनि गरेको छ ।

 

Comments