टोकियोमा रेलको ठक्करबाट विद्यालय पढ्ने किशोरीको मृत्यु

 





टोकियो, जापान ।

जापानको राजधानी टोकियोको उपशहरी क्षेत्रमा एक्सप्रेस रेलको ठक्करबाट कनिष्ठ उच्च विद्यालयमा पढ्ने एक किशोरीको मृत्यु भएको छ । नोभेम्बर १३ मा कोकुबुन्जी क्षेत्रमा सो घटना भएको हो । प्रहरीका अनुसार ती किशोरी रेल स्टेशनको प्लेटफर्मबाट रेलको अगाडि हाम फालेकी थिइन् ।

 

महानगरीय प्रहरी विभागको कोगानेई प्रहरी थानाका अनुसार ती छात्रा कनिष्ठ उच्च विद्यालयको तेस्रो वर्षमा पढ्थिन् । उनलाई साँझ ५ः३० बजेतिर जेआर निशी–कोकुबन्जी स्टेशनको १० कार भएको स्पेशल र्यापिड सर्भिस रेलले ठक्कर दिएको थियो । १५ वर्ष आसपासकी एक किशोरी प्लेटफर्मबाट कुदेको रेल स्टेशनमा रहेका क्यामरामा कैद भएको फुटेजले देखाएको छ ।

प्रहरीले यो घटनामा आत्महत्याको आशंका गरेको छ । प्लेटफर्ममा छाडिएको ब्यागमा अनुसन्धनकर्ताहरुले साथीलाई सम्बोधन गरेको पत्र भेटेका छन् । त्यसमा साथीहरुलाई धन्यवाद दिँदै विद्यालयको प्रवेश परीक्षाको लागि शुभकामना भनिएको छ ।

इष्ट जापान रेल्वे कम्पनी (जेआर इष्ट)का अनुसार यो घटनाका कारण सो लाइनका १२ ओटा रेल सेवा अवरुद्ध भएका थिए भने ८ हजार ५०० यात्रीहरु प्रभावित बनेका थिए ।

 

Comments