पोखरा, कास्की ।
गैर आवासिय नेपाली संघ
जापानले पोखरामा वडा शिक्षा समिति हेमजालाई विद्यार्थी प्रोत्साहनार्थ कोष स्थापना
गर्न ३ लाख ४० हजार नेपाली रुपैयाँ सहयोग गरेको छ ।
पोखरा महानगरपालिका वडा
नं. २५ शिक्षा समितिको आयोजनामा शुक्रबार कोष हस्तान्तरण कार्यक्रम पोखरा २५
हेमजामा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै
प्रमुख अतिथि एनआरएनए जापानका अध्यक्ष शिव प्रसाद पौडेलले जेहेन्दार तथा मेहनती
विद्यार्थी प्रोत्साहनका लागि अक्षयकोष स्थापना गरेको बताउदै आगामी दिनमा पनि
एनआरएनए जापान र व्यक्तिगत तर्फबाट समेत सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त
गर्नुभयो ।
बिदेशमा रहेर पनि देशको
भौतिक लगायत अन्य बिकासको लागी अहोरात्र चिन्तित रहने पौडेलले कास्की वरिपरिका
पदमार्ग लगायत अन्य देशबिकासका लागी आइसीसीका कार्यकारी अध्यक्ष रबीना थापासंग पहल
गरी बैंकमा फ्रिज भएको रकमलाई देशबिकासमा लगाउन पहल गर्ने प्रतिबद्धता समेत जाहेर
गर्नुभयो ।
आइसिसिका सल्लाहकार
मुकुन्द बाँस्तोलाले हेमजा बिकासमा सक्दो सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा वडा
शिक्षा समिति सदस्य सुवास भण्डारी, नेकपा एमाले
पोखरा २५ का अध्यक्ष ऋषिराम पौडेल र गौरीशंकर माविका प्रधानाध्यापक अम्बरबहादुर
कुँवर लगायतले पनि आफ्नो धारणा राख्नुभयो ।
जेहेन्दार तथा मेहनती
विद्यार्थी प्रोत्साहनका लागि वडा शिक्षा समिति र एनआरएनए जापानको संयुक्त पहलमा
अक्षयकोष स्थापना गरिएको हो । उक्त अवसरमा ३ लाख ४० हजारको कोष हस्तान्तरण गरिएको
छ ।
कोषलाई आगामी २ बर्षमा २०
लाख पुर्याउने लक्ष्य रहेको हुदा सहयोगी मनलाई सहयोग गर्न वडा अध्यक्ष मोतीलाल
तिमिल्सिनाले आग्रह गर्नुभयो । सोही कार्यक्रममा धार्मिक क्षेत्रको बिकास गर्न
रुद्र महादेव मन्दिर पदमार्ग निर्माणका लागि योजना बनाउन छलफल गर्न घोषणा गरिएको
थियो ।
Comments
Post a Comment