काठमाडौं, नेपाल ।
नेपाल क्रिकेट संघ
(क्यान)ले रोहितकुमार पौडेललाई नयाँ कप्तान नियुक्त गरेको छ । सन्दीप लामिछाने
निलम्बनमा परेपछि राष्ट्रिय टिमको कप्तान पद रिक्त थियो । क्रिकेट संघले शुक्रबार
साँझ रोहितलाई कप्तानको जिम्मेवारी दिएको हो ।
नेपालले यही कात्तिक २८
देखि घरेलु मैदान युएईविरुद्ध तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) शृंखला
खेल्दैछ । त्यसैको पूर्वसन्ध्यामा क्यानले नयाँ कप्तान नियुक्त गरेको हो ।
रोहितले अब सन्दीप
लामिछानेको स्थान लिनेछन् । केन्या टुरमा रोहितले ५० ओभरको खेलमा नेपालको कप्तानी
गरिसकेका छन् । यसअघि सन्दीप कप्तान हुँदा रोहित उपकप्तान थिए ।
रोहितले नेपालको यू-१९
उमेर समूहको कप्तानी गरेका थिए ।
क्रिकेट संघले शुक्रबार
नै नेपाली टिमको घोषणा गरेको छ, जसमा हरिशंकर
साहले पनि स्थान बनाएका छन् ।
ज्ञानेन्द्र मल्ल,
करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, आरिफ शेख,
ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी, आसिफ शेख, भीम सार्की। कमल
सिंह ऐरी, आदिल खान, अर्जुन साउद र गुल्सन झा पनि टोलीमा छन् ।
Comments
Post a Comment