ओसाका, जापान ।
जापानको ओसाकामा नेपाली
नागरिकले चलाएको कारको ठक्करबाट एक जापानीको निधन भएको छ ।
जापानी समाचार संस्थामा
प्रकाशित विवरण अनुसार सडक पार गर्ने जेब्रा क्रसिंगमा विपरित दिशाबाट आएको
स्कुटरलाई जोगाउन खोज्ने क्रममा ठक्कर दिन पुगेको थियो । सोही क्रममा जेब्रा
क्रसमा रहेका पैदल यात्री समेतलाई गाडिले ठक्कर दिएको थियो । जसका क्रममा २ जनालाई
ठक्कर दिँदा एक जनाको मृत्यु र एक जना गम्भिर घाइते भएका छन् ।
दुर्घटना के कसरी भयो
विस्तृत विवरण नखुलेको समाचारमा उल्लेख छ । दुर्घटनाका चालक नेपाली व्यक्ति निकट
व्यक्तिहरुले दिनुभएको जानकारी अनुसार श्रीमतीसँगै विहान रेष्टुरेण्ट संचालनको
लागि जाँदै गरेको समयमा दुर्घटना भएको हो । दुर्घटनामा घाइते चालकको अझै अस्पतालमा
उपचार जारी छ भने उहाँको श्रीमती सामान्य उपचार पछि डिस्चार्ज हुनुभएको छ ।
समाचार अनुसार जोभेम्वर ७
तारिख बिहान ९ बजेर ४३ मिनेटमा मिनामिगुची ३ चोमे हिगाशियोदोगावा कु ओसाकाको चोकमा
हल्का यात्रुवाहक कारले स्कुटर चालकलाई ठक्कर दिएर अगाडी पैदल यात्रुलाई समेत
घाइते बनाएको थियो ।
कारको ठक्करबाट बेरोजगार
रहेका ७१ बर्षिय बृद्ध हारुओ योशिदाको निधन भएको छ । स्कुटरमा सवार २८ वर्षीय युकी
हयासीको टाउको ठोक्किएर बेहोस भएका थिए । उनको उपचार भइरहेको र कारको ठक्करबाट
अर्का एक जना सामान्य घाइते भएका छन् ।
ओसाका प्रिफेक्चरल
प्रहरीले ओसाका शहरको निशियोडोगावा वार्डमा रेस्टुरेन्ट व्यवसायमा काम गर्ने कार
चालक ४८ वर्षीय नेपाली व्यक्तिलाई पक्राउ गरेको छ । अटोमोबाइल ड्राइभिङ मृत्यु र
चोटपटक सजाय ऐन उल्लङ्घन गरेको आरोपमा कारका चालकलाई पक्राउ गरेको बताइएपनि ति
नेपालीको परिचय खुलाइएको छैन ।
घाइते चालक अस्पतालमा
भर्ना भएकाले, प्रिफेक्चरल
प्रहरीले व्यक्तिलाई रिहा गरेर घटनाको अनुसन्धान गरिरहेको छ । लापरवाहीपूर्वक
ड्राइभिंग गर्दा मृत्यु र चोटपटक घटना भएको आशंका सहित प्रहरीले घटनाको अनुसन्धान
गरिरहेको बताएको छ ।
Comments
Post a Comment